चमेलियाको अनसन तोडियो, दार्चुला र बैतडीलाई लोडसेडिङ मुक्त गरिने
१९ फागुन, दार्चुला । दार्चुलाको बलाँचमा रहेको चमेलिया जलविद्युत् आयोजनास्थलमा स्थानीयले थालेको आमरण अनसन स्थागित भएको छ ।
दार्चुला र बैतडीलाई एक महिनाभित्र लोडसेडिङ मुक्त गर्नेसहित १२ बुँदे सहमति भएसँगै शनिबार साँझ आमरण अनसन तोडिएको खानेपानी मूल संघर्ष समिति सचिव सुरेन्द्रबहादुर तितराले बताए ।
आयोजनाको कामबाट प्रभावित शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिल क्षेत्रमा देखिएको पानीको अभाव समाधानका लागि तत्काल पानीको मुहान पहिचान गरी तत्काल काम अगाडि बढाउने, वडा नम्बर २ मा खानेपानीको ठेक्का एक हप्ताभित्र सुरु गर्ने र मर्मत सम्भारको काम आयोजनाले गर्ने, बारिलको पीपल चौतरासम्मको काम एक हप्ताभित्र अगाडि बढाई सिट्टोलीदेखि बिटुलेसम्म मोटरबाटोको सर्भे गर्ने सहमति भएको छ ।
त्यस्तै शैल्यशिखर नगरपालिका वडा नम्बर १ मा असार मसान्तसम्म विद्युतीकरण गर्ने र अन्य प्रभावित क्षेत्रमा समेत विद्युतीकरण गर्ने, यसअघि आयोजना र स्थानीयबीच भएका सम्झौताहरु कार्यान्वयन गर्ने, दार्चुला र बैतडी जिल्लालाई १ महिनाभित्र लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्ने लिखित सम्झौता भएको छ ।
बाँधस्थल बिटुलेदेखि टलरेससम्म १० प्रतिशत पानी छोड्ने, आयोजनाबाट प्रभावित क्षेत्रमा विद्युतीकरणका लागि विद्युत प्राधिकरणलाई लेखी पठाउने सम्झौता भएको छ ।
चमेलिया जलविद्युत् आयोजना, जिल्ला प्रशासन, सुरक्षा निकाय, संघर्ष समिति, जनप्रतिनिधिहरु, नेपाल पत्रकार महासंघ लगायतको सहभागितामा लिखित सम्झौता भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया