जाँड खाएर साथीलाई चक्कु हान्ने राना चतुरालेबाट पक्राउ

विदुर खबर २०७६ जेठ १७ गते ११:१६

नुवाकोट जेठ १७, लिखु गाउँपालिका वडा नम्बर ३ चौखडामा नेपाल बिधुत प्राधिकरणको टावर निर्माणमा खटिएका कामदारले आफ्नै सहकर्मीलाई चक्कु प्रहार गरेका छन ।

Advertisement

मादक पदार्थ सेवन गरिरहेका कन्चनपुर बेलौरिया नगरपालिका वडा नम्बर २ का भरत राना ,राममिलन राना र कन्चनपुर लालझडी गाउँपालिका वडा नम्बर १ का पुरुषोत्तम रानाबिच झगडा भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

झगडामा भरतराना र राममिलन रानाले पुरुषोत्तम रानालाई चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट घाईते भएका पुरुषोत्तम रानाको काठमाण्डौ ग्रिनसिटी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । घटनामा संलग्न मानिसहरु तत्काल सो स्थानाबाट फरार भएकोमा शुक्रबार जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले चतुरालबाट नियन्त्रण लिई अनुसन्धान कार्य शुरु गरेको छ ।

Advertisement

प्रतिक्रिया