विदुर खानेपानी समितिको साधारणसभा तथा अधिवेशन शुरु

विदुर खबर २०७६ जेठ १५ गते १:१६

नुवाकोट जेठ १५, विदुर खानेपानी तथा सरसफाई उपभोत्ता समितिको आठौ साधारणसभा तथा सातौ अधिवेशन मंगलबाट बट्टारमा रहेको कर्भलहलमा शुरु भएको छ ।

Advertisement

कार्यक्रमको संघिय सांसद नारयणप्रसाद खतिवडा, खानेृपानी उपभोत्ता समितिका अध्यक्ष नारायण खनाललगायतले संयुत्त रुपमा गरे । कार्यक्रममा सांसद नारायणप्रसाद खतिवडाले पानी मानिसको स्वास्थ्यसँग निकै सम्बन्धीत भएकोले नगरपवासीले सफा पानी प्युनपाउनु पर्ने बताए । त्यस्तै नेपाली कांग्रेसका जिल्ला सभापति जगदीशनरसिंह केहीले दुईबर्ष भित्रमा सम्पन्न गर्नुपर्ने काममा पुन १ बर्ष थप गरेपनि आयोजना सम्पन्न गर्न नसक्नु आयोजनाको कमजोरी रहेको बताए । केशीले आयोजनाले ६० प्रतिशत काम पनि नसकिसकेको अवस्थामा मुक्तानी भने ८० प्रतिशतको लिएको आरोप लगाए । उनले आयोजनाले पाइप बिछाउँदा गरेको सम्झौता विपरित पाइप नराखेको भन्दै आयोजनामा भष्ट्राचार भएको दाबी गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उद्धववहादुर थापाले उपभोक्ताको घरमा पानी नआई लेदो आउने गरेको बताए । प्रजिअ थापाले पानीजस्तो संवेदनशील कुरामा खानेपानी समितिले सडक आयोजना , मुअब्जा विवादलाई मात्र दोष दिएर पन्छिन नमिल्ने बताए । उनले सडकमा पानीको पाईप बिछाउँन कसैले अवरोध सिर्जना गरे आफु कडा रुपमा प्रस्तुत हुने उनले चेतावनी दिए । थापाले जिम्मेवारमा वसेका व्यक्तिहरुले अरुलाई दोष दिएर उम्कन नमिल्ने बताए । त्यस्तै विदुर खानेपानी तथा सरसफाई उपभोत्ता समितिका अध्यक्ष नारायण खनालले भुकम्प,सडक विस्तार,विदुर नगरपालिका क्षेत्रमा तिव्र शहरीकरण र घरधुरी संख्यामा अत्याधिक वृद्धिले नियमित पानी वितरणमा समस्या भएको बताए । उनले गल्छी–त्रिशुली सडकअन्र्तगत पर्ने विभिन्न स्थानहरुमा मुअब्जाको समस्याले पाइप राख्न कठिनाई भएकोले उपभोत्ताको धारोमा नियमति पानी आउन नसकेको बताए । खनालले खानेपानी समिति उपभोत्ताको स्वास्थ्यप्रति निकै सचेत भएको भन्दै साना शहरी खानेपानी आयोजना सम्पन्न नभएसम्म विदुर नगरपालिकाको सहयोगमा विदुर नगरपालिका वडा नम्बर ४ त्रिशुली खोलानजिकै दुई ओटा र बट्टारको कभर्डहलमा एक गरी तीन स्थानमा डिप बोरिङ्गमार्फत उपभोत्तालाई पानी खाने व्यवस्था मिलाउन आग्रह गरे ।

Advertisement

त्यस्तै कार्यक्रममा उपभोत्ता बद्री त्रिपाठीले जनताको स्वास्थ्यसँग राजनिति गरेको भन्दै आयोजनालाई राजनितिक रुप देखाउन खोजेको बताए । उनले समितिको पदाधिकारी चयनमा व्यक्ति र पार्टी हेर्न नहुने भन्दै त्यस्तो भएमा विकराल अवस्था आउने बताए । त्यस्तै अर्काे उपभोत्ता राममणि अधिकारी नगरक्षेत्रमा पानी नभएर कोलाहाल अवस्था सिर्जना भएको बताए । उनले पानी खान नपाएर उपभोत्ता मर्कामा परेको बताए । अधिकारीले सबै कुरामा नकरात्मक हुनुपर्ने अवस्था नरहेको भन्दै विदुर नगरपालिका वडा नम्बर ४ त्रिशुली खोलानजिकै दुई ओटा बोरिङ्गमार्फत पानी आएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, नेकपा नेता बुद्दि प्रधान, खानोपानी उपभोत्ता समितिका पुर्व अध्यक्ष राजेन्द्र अर्याल लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया