विदुर खानेपानी समितिको साधारणसभा तथा अधिवेशन शुरु
नुवाकोट जेठ १५, विदुर खानेपानी तथा सरसफाई उपभोत्ता समितिको आठौ साधारणसभा तथा सातौ अधिवेशन मंगलबाट बट्टारमा रहेको कर्भलहलमा शुरु भएको छ ।
कार्यक्रमको संघिय सांसद नारयणप्रसाद खतिवडा, खानेृपानी उपभोत्ता समितिका अध्यक्ष नारायण खनाललगायतले संयुत्त रुपमा गरे । कार्यक्रममा सांसद नारायणप्रसाद खतिवडाले पानी मानिसको स्वास्थ्यसँग निकै सम्बन्धीत भएकोले नगरपवासीले सफा पानी प्युनपाउनु पर्ने बताए । त्यस्तै नेपाली कांग्रेसका जिल्ला सभापति जगदीशनरसिंह केहीले दुईबर्ष भित्रमा सम्पन्न गर्नुपर्ने काममा पुन १ बर्ष थप गरेपनि आयोजना सम्पन्न गर्न नसक्नु आयोजनाको कमजोरी रहेको बताए । केशीले आयोजनाले ६० प्रतिशत काम पनि नसकिसकेको अवस्थामा मुक्तानी भने ८० प्रतिशतको लिएको आरोप लगाए । उनले आयोजनाले पाइप बिछाउँदा गरेको सम्झौता विपरित पाइप नराखेको भन्दै आयोजनामा भष्ट्राचार भएको दाबी गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उद्धववहादुर थापाले उपभोक्ताको घरमा पानी नआई लेदो आउने गरेको बताए । प्रजिअ थापाले पानीजस्तो संवेदनशील कुरामा खानेपानी समितिले सडक आयोजना , मुअब्जा विवादलाई मात्र दोष दिएर पन्छिन नमिल्ने बताए । उनले सडकमा पानीको पाईप बिछाउँन कसैले अवरोध सिर्जना गरे आफु कडा रुपमा प्रस्तुत हुने उनले चेतावनी दिए । थापाले जिम्मेवारमा वसेका व्यक्तिहरुले अरुलाई दोष दिएर उम्कन नमिल्ने बताए । त्यस्तै विदुर खानेपानी तथा सरसफाई उपभोत्ता समितिका अध्यक्ष नारायण खनालले भुकम्प,सडक विस्तार,विदुर नगरपालिका क्षेत्रमा तिव्र शहरीकरण र घरधुरी संख्यामा अत्याधिक वृद्धिले नियमित पानी वितरणमा समस्या भएको बताए । उनले गल्छी–त्रिशुली सडकअन्र्तगत पर्ने विभिन्न स्थानहरुमा मुअब्जाको समस्याले पाइप राख्न कठिनाई भएकोले उपभोत्ताको धारोमा नियमति पानी आउन नसकेको बताए । खनालले खानेपानी समिति उपभोत्ताको स्वास्थ्यप्रति निकै सचेत भएको भन्दै साना शहरी खानेपानी आयोजना सम्पन्न नभएसम्म विदुर नगरपालिकाको सहयोगमा विदुर नगरपालिका वडा नम्बर ४ त्रिशुली खोलानजिकै दुई ओटा र बट्टारको कभर्डहलमा एक गरी तीन स्थानमा डिप बोरिङ्गमार्फत उपभोत्तालाई पानी खाने व्यवस्था मिलाउन आग्रह गरे ।
त्यस्तै कार्यक्रममा उपभोत्ता बद्री त्रिपाठीले जनताको स्वास्थ्यसँग राजनिति गरेको भन्दै आयोजनालाई राजनितिक रुप देखाउन खोजेको बताए । उनले समितिको पदाधिकारी चयनमा व्यक्ति र पार्टी हेर्न नहुने भन्दै त्यस्तो भएमा विकराल अवस्था आउने बताए । त्यस्तै अर्काे उपभोत्ता राममणि अधिकारी नगरक्षेत्रमा पानी नभएर कोलाहाल अवस्था सिर्जना भएको बताए । उनले पानी खान नपाएर उपभोत्ता मर्कामा परेको बताए । अधिकारीले सबै कुरामा नकरात्मक हुनुपर्ने अवस्था नरहेको भन्दै विदुर नगरपालिका वडा नम्बर ४ त्रिशुली खोलानजिकै दुई ओटा बोरिङ्गमार्फत पानी आएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, नेकपा नेता बुद्दि प्रधान, खानोपानी उपभोत्ता समितिका पुर्व अध्यक्ष राजेन्द्र अर्याल लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया