उपप्रमुख रिमालले गरेको कुटपिट कान्डले तारकेश्वर गाउँपालिका ठप्प

विदुर खबर २०७६ जेठ १४ गते २:०२

नुवाकोट जेठ १४, गत बिहिबार तार्केश्वर गाँउपालिकाको उपाध्यक्ष तारादेवी रिमालले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक दाहालमाथि कुटपिट गरेपछि अहिले तारकेश्वर गाउँपालिकाको माम ठप्प भएको छ ।

Advertisement

गाउँपालिकाका कर्मचारीहरुले शुक्रबार विहान विज्ञप्ती जारी गर्दै उप्रमुखले गरेको अमानविय कार्यको घोर भत्र्सना गर्दै काम गर्ने वातावरण नभएसम्म कार्यालयका सबै काम ठप्प पार्ने बताएका थिए । गाउँपालिकाका प्रमुख प्रशासिकय अधिकृत दाहाल कार्यालय नजाँदा गाउँपालिकाको काम प्रभावित भएको हो ।

यसैबिच उपप्रमुखले आफुमाथि गरेको कुटपिटको विरोधमा शुक्रबार न्यायको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दाहालले गाउँपालिकाकी उपप्रमुख रिमालविरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा किटानी जाहेरी दिएका छन । उनले शुक्रबार किटानी दिए लगत्तै गाउँपालिकाकी उपप्रमुख रिमालले पनि प्रमुख प्रशासकिय अधिकृत दाहालविरुद्ध आफुलाई दुव्र्यवहार गरेको आरोपमा किटानी जाहेरी दिएका छन ।

Advertisement

यसअघि गत विहिबार दिउँसो ४ बजे आफुले भनेका योजनाको लागी बजेट नदिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत दाहालमाथि गाउँपालिकाकी उपाध्यक्ष तरिमालले बिहीबार कार्यकक्षमै हातपात गरेकी थिइन । उनले आफूले भनेको ठाउँका योजनाको लागी बजेट दिन नमानेको भन्दै प्रमुख प्रशासकीय अधिकृत दाहालको कार्यकक्ष स्थित उनी बसेको कुर्चीमै पुगेर कठालो समातेर कुटपिट थिइन ।

प्रतिक्रिया