ढोका थुनेर मेयरले कुटे कर्मचारी, भ्रष्टलाई ठेगान लगाउन कुटेको हुँ : मेयर

मेयर विरुद्ध आन्दोलन, प्रहरीले दर्ता गर्न मानेन उजुरी

नुवाकोट जेठ १३, इहटरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले कर्मचारीलाइ कुटेपछि कर्मचारीहरु आन्दोलीत बेनका छन्। वडा नम्बर १९ का वडा सचिव मनोज दाहाल र सब इन्जिनियर रामबहादुर खड्कालाई मेयर चौधरीले कुटपीट गरेका हुन्। मेयर आफैँले पनि मैले भ्रष्ट कर्मचारीलाई ठेगान लगाउन कुटेको स्वीकार गरेका छन्।
यसरी भयो घटना
बुधबार दिउँसो साढे दुई बजे इटहरीका मेयर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा गए। त्यसपछि मनोज दाहालको हो? त्यसलाई यहाँ झिकाउनू भन्दै झर्किए। मेयरले आफ्नै गाडीमा उनलाई लिन पठाए। केही मिनेटमै दाहाल अधिकृतको कार्यकक्षमा आए।
उनी बस्न नपाउँदै उनले ‘तँ भ्रष्टलाई म जेल हाल्छु्’ भन्दै हप्काएको दाहाल बताउँछन्। उनीसंगै रहेका बसन चौधरीलाई सिसी क्यामेरा अफ गर्न लगाए। त्यसपछि उनलाई अश्लील गाली गर्दै कठालो समाते। जुन कुरा मेयर आफैँ स्वीकार्छन्। कुटाई खाएपछि उनी दुखेसो गर्न अन्य कर्मचारीकहाँ पुगे। कर्मचारी कुटेको प्रमाण खोज्न सिटिटिभी फुटेज खोज्न थाले। खोज्दा सिसिटिभी अफ गरेर कुटपीट र गालीगलौज गरेको कर्मचारी सुरेश कार्कीले बताए।
कार्कीका अनुसार नियतवश मेयर चौधरीले कर्मचारी दाहाललाइ सिसिटिभी अफ गराएर कुटेका थिए। केही समयको दौरानमा अर्का कर्मचारी रामबहादुर खड्कालाई पनि घुस लिएर नक्सा पास गरेको भन्दै कार्यालय बाहिर जान निर्देशन दिए। ‘मेरो अगाडी एक मिनेट नबस् तँ घुस्याहा’ भन्दै थर्काएको खड्का बताउँछन्। आफैँले नियुक्ति गरेका कर्मचारी खड्कालाई घिसार्दै कार्यालयबाट निकाले। इटहरीका स्थानीय चाणक पोखरेलको परिवारबाट घुस लिएको भन्दै मेयरले कर्मचारी खड्कालाइ निकालेका थिए।
घर सम्पन्नको प्रमाणपत्र दिने नाममा सेवाग्राहीबाट घुस लिएको भन्दै मेयर चौधरीले अश्लिल गाली गर्दै खड्कालाइ निकालेका हुन्। आफूले घुस नलिएको तर मेयर चौधरीले उजुरीको आधारमा आफूलाई गालीगलौजसहित दुर्व्यवहार गरेको कर्मचारी खड्काले दाबी गरेका छन्।
कर्मचारीको आन्दोलन घोषणा
आवञ्छित, अलोकतान्त्रिक र अपराधिक हर्कत भएको भन्दै कर्मचारीहरुले प्रेस विज्ञप्ति निकालेर कर्मचारी भने आन्दोलित भएका छन्। ‘कर्मचारी कुट्ने मेयर मुर्दावाद, कर्मचारी कुट्न पाईँदैन, अपराधी मेयर चाहिँदैन’ भन्दै कर्मचारीले आन्दोलन गरेका थिए। यसै क्रममा उनीहरुले आन्दोलनको कार्यक्रम समेत घोषणा गरेका छन्।

इटहरी उपमहानगरपालिका कर्मचारी परिवारको नाममा कर्मचारीहरुले आजबाटै उपमहानगरका सबै २० वडामा समिति र नगरपालीकाको कार्यलयमा तालबन्दी गर्ने र भोलिबाट उपमहानगरको प्रांङ्गणमा भेला हुने कार्यक्रम सार्वजनिक गरेका छन्।
बुधबार पाँच बजेपछि कर्मचारीहरु आन्दोलित भएपछि मेयर चौधरी गाडीमा चढेर हतारहतार बाहिरिएका थिए। मेयर चौधरी नगरकार्यपालीकाको बैठक सकेर आफ्नो कार्यकक्षमा नआइकन घुमाउरो बाटो भएर गेटमा निस्किएर बाहिरिए।
इन्जिनियर,ओभरसियरलगायत अन्य प्राविधिक कर्मचारीहरुसँगै बोलाएर मेयरले अश्लील गाली गर्दै निकालेको आफैँले स्वीकारेका छन्। उनले नेपाल लाइभसँग भने, ‘स्थायी भएको भए निकाल्न सकिँदैन थियो। अस्थायी भएकोले आफैँबाट निकालिदिएँ।’
प्रहरीले उजुरी लिन मानेन
मेयरले कर्मचारीमाथि कुटपिट गरेको भन्दै प्रहरीकोमा उजुरी दिएका छन्।
ज्यानको सुरक्षाको माग गर्दै दिएको जायरी प्रहरीले दर्ता गर्न नमानेको कर्मचारीले बताएका छन्।


इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी निरीक्षक बुद्धि चौलागाँईले दर्ताको प्रकृिय लामो हुने भएकोले छलफल गरेर दर्ता गरिने बताए। आवश्यक प्रमाण खोजेर दर्ता गराउने भन्दै उनले निवेदकलाई फिर्ता पठाएका थिए।
स्रोत : नेपाल लाईभ
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया