कांग्रेस नुवाकोटको बेलकोटगढीमा जनजागरण अभियान सम्पन्न

विदुर खबर २०७६ जेठ ११ गते १५:०४

नुवाकोट जेठ १०, नेपाली कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा शनिवार वेलकोटगढी नगरपालिका वडा नम्बर १० मा जनजागरण अभियान सम्पन्न भएको छ ।

Advertisement

कार्यक्रममा संम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्रि अर्जुननरसिंह केशीले नगरपालिकामा नयाँ जननिर्वाचित पदाधिकारी आएपछि जनताले के पाए त्यसको समिक्षा हुनुपर्ने बताए । उनले राजनिति रिसिवी नभएको भन्दै जनताको चाहना अनुसार एउटै निति लिएर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति जगदिशनरसिंह केशीले सरकारले गरेको नराम्रो कामको भण्डाफोर गर्न र पार्टीलाई एकढिक्का बनाएर अघि बढ्न जगारण अभियान संचालन गरेको बताए । कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Advertisement

प्रतिक्रिया