तारकेश्वरकी उपाध्यक्षले हाकिमको कठालो समाएपछि……
नुवाकोट,९ जेठ,आफूले लगाएको तोक आदेशको कार्यान्वयन नगरेको भन्दै तात्कालिन एमालेबाट निर्वाचित नुवाकोटको तारकेश्वर गाउँपालिकाकी उपाध्यक्ष तारादेबी रिमालले प्रमुख प्रशासकीय अधिकृत अशोक दहाल माथि हातपात गरेकी छिन् ।
बिहिबार अपरान्ह ४ बजे आफ्नो कार्यकक्षमा रहेका प्रमुख प्रशासकीय अधिकृत दहाललाई उपाध्यक्ष रिमालले कठालो समातेर लगाएको लुगा समेत च्यातिदिएको प्रत्यक्षदर्शी कर्मचारीहरुले बताएका छन् । कर्मचारी स्रोतका अनुसार उपाध्यक्ष रिमालले पाँचलाख रुपैयाँ बराबरको खानेपानी पाईप खरिदका लागि तोक आदेश गरेकोमा खरीद ऐन अनुसार खरिद प्रकृया अपनाउनु पर्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत दहालले कार्यान्वयनमा नलगेको झोकमा उपाध्यक्ष रिमालको आक्रोशको शिकार दहाल बन्न पुगेका हुन् । गाउँपालिकामा अध्यक्ष बराबरको हैसियत माग्दै आएकी रिमालले प्रमुख प्रशासकीय अधिकृत माथि हातपात गरेपछि कर्मचारीहरुले अव काम गर्ने वातावरण नभएको बताए ।
घटनाको बिहिबार राती स्वयं पुष्टि गर्दे प्रमुख प्रशासकीय अधिकृत दहालले ऐन नियमको कार्यान्वयन गर्दे स्थानीय तहलाई पारदर्शी र आर्थिक अनुशासनमा राख्न खोज्दा आफूले अपमान सहन परको बताए । घटनाको समयमा गाउँपालिका अध्यक्ष रमेश वस्त भने कार्यालयमा नरहेको पनि दहालले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया