विदुर नगरपालिकाद्धारा पचास प्रतिशत अनुदानमा कृषकहरुलाई मौरी र घार वितरण
नुवाकोट जेठ ७, विदुर नगरपालिकाले नगर क्षेत्रभित्रका किसानर सहकारीहरुलाई ५० प्रतिशत अनुदानमा सोमबार मौरी र घार वितरण गरेको छ ।
नगरपालिकाको कृषि शाखाले अनुदान अनुरुप स्वरुप विभिन्न किसान र सहकारीहरुलाई एकसय ९ ओटा मौरीको घार वितरण गरेको विदुर नगरपालिकाका कृषि शाखाले जानकारी दिएको छ । वितरण गरिएको घारमध्ये ६४ ओटा मौरीसहित र ४५ ओटा घार मात्रै वितरण गरिएको विदुर नगरपालिकाकी उपप्रमुख गीता दाहालले जानकारी दिइन । उनले मौरीपालनमा कृषकको आकर्षण बढाउन ५० प्रतिशत अनुदानमा घार,केहीलाई मौरी र उपकरण वितरण गरेको बताइन । नगरपालिकाले किसानहरुलाई मौरी टोपी, मौरी पन्जा र मौरी स्ट्यान्ड समेत वितरण गरेको छ ।
त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुदेवकुमार पोखरेलले नगरपालिकाले व्यवसायिक रुपमा मौरीपालन व्यवसायमा किसानहरुलाई आर्कषित गर्न अनुदानमा मौरी र घार वितरण गरेको बताए । उनले नगरपालिकाले किसानहरुको लागि व्यवसायिक उत्पादनको लागि प्रोत्साहन गरेको बताए । यसअघि नगरपालिकाले सार्वजनिक सुचना प्रकाशन गरि नगर क्षेत्रभित्रका कृषक र शहकारलाई अनुदानमा मौरी लिन चाहेमा निवेदन दिन आह्वान गरेको थियो । नगरपालिकाले मौरीपालक किसानको लागि आगामी दिनमा आवश्यकता अनुसार तालिम र बजार व्यवस्थापन लगायतको कार्यक्रम ल्याउने नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ





प्रतिक्रिया