विदुर नगरपालिकाद्धारा पचास प्रतिशत अनुदानमा कृषकहरुलाई मौरी र घार वितरण
नुवाकोट जेठ ७, विदुर नगरपालिकाले नगर क्षेत्रभित्रका किसानर सहकारीहरुलाई ५० प्रतिशत अनुदानमा सोमबार मौरी र घार वितरण गरेको छ ।
नगरपालिकाको कृषि शाखाले अनुदान अनुरुप स्वरुप विभिन्न किसान र सहकारीहरुलाई एकसय ९ ओटा मौरीको घार वितरण गरेको विदुर नगरपालिकाका कृषि शाखाले जानकारी दिएको छ । वितरण गरिएको घारमध्ये ६४ ओटा मौरीसहित र ४५ ओटा घार मात्रै वितरण गरिएको विदुर नगरपालिकाकी उपप्रमुख गीता दाहालले जानकारी दिइन । उनले मौरीपालनमा कृषकको आकर्षण बढाउन ५० प्रतिशत अनुदानमा घार,केहीलाई मौरी र उपकरण वितरण गरेको बताइन । नगरपालिकाले किसानहरुलाई मौरी टोपी, मौरी पन्जा र मौरी स्ट्यान्ड समेत वितरण गरेको छ ।
त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुदेवकुमार पोखरेलले नगरपालिकाले व्यवसायिक रुपमा मौरीपालन व्यवसायमा किसानहरुलाई आर्कषित गर्न अनुदानमा मौरी र घार वितरण गरेको बताए । उनले नगरपालिकाले किसानहरुको लागि व्यवसायिक उत्पादनको लागि प्रोत्साहन गरेको बताए । यसअघि नगरपालिकाले सार्वजनिक सुचना प्रकाशन गरि नगर क्षेत्रभित्रका कृषक र शहकारलाई अनुदानमा मौरी लिन चाहेमा निवेदन दिन आह्वान गरेको थियो । नगरपालिकाले मौरीपालक किसानको लागि आगामी दिनमा आवश्यकता अनुसार तालिम र बजार व्यवस्थापन लगायतको कार्यक्रम ल्याउने नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया