कृषि नै संवृद्धिको आधार भएको नेकपा अध्यक्ष प्रचण्डको भनाई

विदुर खबर २०७६ जेठ ५ गते १:१६

नुवाकोट जेठ ५, पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहालले देशको संवृद्धिको आधार नै कृषि क्षेत्र भएको बताएका छन ।
शनिवार पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले नुवाकोटको ककनीमा आयोजना गरेको कृषि मेलामा नेकपाका अध्यक्ष पुष्पकमल दहाल उत्त कुरा बताएका हुन ।

Advertisement

प्रचण्डले व्यवसायिक उत्पादनमार्फत कृषी उत्पादन बढाउन सके युवा पलायन रोक्न सकिने धारणा व्यक्त गरे । फरक प्रसङ्गमा प्रचण्डले देशभर ७÷८ जना ठेकेदारले ठेक्का जमाएको भन्दै त्यसको समाधान नगरेसम्म सडक निर्माण समयमै सम्पन्न नहुने समस्या देखिरहने बताए । उनले देश संवृद्धि र विकासतर्फ लम्किनुपर्ने भएपाि त्यो नभएको उनको भनाई छ । उनले जनताको आकांक्षा पुरा गर्न सरकार लागिरहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पुर्व अर्थमन्त्रि डा. रामशरण महतले विगतमा शुरु गरिएको योजना सम्पन्न गर्नु सरकारको कर्तव्य भएको बताए । नेता महतले स्थानिय तहलाई आर्थिक अधिकार संविधानले दिएको भन्दै योजना बनाउँदै सबैको सहभागिता हुनुपर्ने बताए । उनले विगतका सरकारले गरिवी निवारणमा दक्षिण एसियाकै धेरै प्रगति गरेको भन्दै विगतका सरकारले धेरै काम गरेको दाबी गरे ।

Advertisement

कार्यक्रममा प्रतिनिधि सभाका सांसद हितबहादुर तामाङले सडक र फोहोरले नुवाकोटको विकासमा बाधा पुराएको भन्दै सरकारले त्यसतर्फ ध्षन दिनुपर्ने बताए । त्यस्तै प्रतिनिधि सभाका सांसद नारायणप्रसाद खतिवडाले समग्र कृषी क्षेत्रमा उत्प्रेरणा दिन मेला आयोजना गरेको बताए । उनले रााष्ट्रिय आयोजनाका सडकहरु म्याद नागेपनि बन्न नसक्नु दुखद रहेको बताए । मेलामा गायक बद्री पंगेनी र भिमसेन खतिवडा लगायतले सांगितिक प्रस्तुति दिएका थिए । मेला आगामी विशिबार ८ गतेसम्म संचालन हुने बताइएको छ । मेलामा स्थानिय कृषी सामाग्रीहरुको प्रर्दशन समेत गरिने छ ।

प्रतिक्रिया