कर्मचारी अभावले नुवाकोटको १२ वटै स्थानीय तहमा विकास निर्माण ठप्प
नुवाकोट जेठ २,स्थानीय विकासका लागि संविधानले अधिकार सम्पन्न बनाएको स्थानीय तहमा अझै कर्मचारी पुग्न सकेको छैनन् । निर्वाचन भएर पूर्ण रूपमा स्थानीय तह सञ्चालनमा आएको दुई वर्ष पूरा हुँदा समेत स्थानीय तहमा कर्मचारीको अभाव कायमै रहेको छ । कर्मचारी व्यवस्थापनमा समस्या आएपछि नुवाकोटका १२ वटै स्थानीय तहको विकास निर्माणको काम प्रभावित बनेको छ ।
नुवाकोटको स्थानीय तहहरूमा योजना, कृषि, स्वास्थ्य, शिक्षा, महिला विकासलगायतका शाखाहरूमा कर्मचारीको अभाव छ । विकास निर्माणका लागि आवश्यक प्राविधिक कर्मचारीसमेत नहुँदा स्थानीय तहको विकास र योजना अलपत्र अवस्थामा छन । नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका तथा शिवपुरी र किस्पाङ गाउँपालिकामा अन्य स्थानीय तहमा भन्दा बढी कर्मचारीको अभाव रहेको छ । विदुर नगरपालिकामा निजामतितर्फ ५८ जना कर्मचारीको दरबन्दी भएपनि ५० जना कर्मचारी रहेको नगरपालिकाको भनाई रहेको छ । नगरपालिकामा प्राविधिकहरुको धेरै अभाव भइरहेको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बारम्बार सार्वजनिक कार्यक्रममा बताउने गरेका छन । दक्ष प्राविधिकहरु नहुँदा नगरपालिकाको कामहरु प्रभावित भएको मेयर पण्डित बताउँछन । त्यस्तै बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले पनि गर्न सार्वजनिक मञ्चैम कर्मचारी अभावमा सोचेजस्तो काम गर्न नसकेको गुनासो गर्न थालेका छन । खनालले गत शुक्रवार बेलकोटगढी नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयको भवन शिल्यान्यास कार्यक्रममा गाउँपालिकामा कर्मचारी अभावले सोचजस्तो सन्तोषजनक काम गर्न नसकेको बताए । उनले गाउँपालिकामा प्राविधिक स्तरका कर्मचारीको अभावमा समस्या परेको जानकारी दिए ।
नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका तथा शिवपुरी र किस्पाङ गाउँपालिकामा अन्य स्थानीय तहमा भन्दा बढी कर्मचारीको अभाव रहेको छ ।
त्यस्तै किस्पाङ गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत वाहेकका कर्मचारी नहुँदा गाउँपालिकाको आर्थिक कामकाज ठप्प भएको गाउँपालिकाका अध्यक्ष छत्र लामाले बताए । उनले गाउँपालिकामा लेखापाल, योजना शाखा र प्रशासन शाखामा कर्मचारी नहुँदा गाउँपालिका पुरै प्रभावित रहेको बताए । कर्मचारी अभावको वारेमा केन्द्र र प्रदेश सरकारलाई जानकारी गराएपनि कर्मचारी तत्कालको अवस्थामा आउन समय लाग्ने बताए । तर किस्पाङ गाउँपालिकामा भने केही प्राविधिक धारका कर्मचारी रहेको उनको भनाई । ६ वटा वडा रहेको यो गाउँपालिकामा ५ वडा सचिव विहीन छन् । कर्मचारी अभावमा एउट्टै सचिवले ६ ओटा वडाको काम गरिरहेको गाउँपालिका लामाले जानकारी दिए । गाउँपालिकाको शिक्षा, महिला विकास शाखामा एक जना पनि कर्मचारी छैनन । यता तादी गाउँपालिकामा गाउँपालिकामा समेत कर्मचारीको अभाव छ । गाउँपालिकामा स्वीकृत दरबन्दी अनुसारका कर्मचारी नभएको गाउँपालिकाले जनाएको छ । पालिकामा प्राविधिक र अधिकृत तहका कर्मचारीको अभाव रहेको छ भने प्राविधिक कर्मचारीको अभाव भएपछि करारमा कर्मचारी भर्ना गरिएको गाउँपालिकाको कार्यालयले बताएको छ ।
यस्तै शिवपुरी गाउँपालिकामा पनि कर्मचारीको चरम अभाव देखिएको छ । ८ ओटा वडा कार्यालय रहेको गाउँपालिकामा २ जना सचिवहरुले वडा संचालन गरिरहेका छन । गाउँपालिकामा प्राविधिक, शिक्षा शाखामा कर्मचारी ठप्पैजस्तो रहेको गाउँपालिकाले जनाएको छ । कर्मचारीको अभावमा योजना कार्यान्वयनमा समस्या रहेको प्रमुख प्रशासकीय अधिकृत किसान न्यौपानेले बताए । गाउँपालिकामा स्थाइ कर्मचारी कोही नभएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत न्यौपानेका अनुसार पालिकामा महिला विकास शाखा,न्याय शाखा र स्वास्थ्य शाखामा कर्मचारी अभाव हुँदा काम गर्न समस्या देखिएको छ भने भएका केही कर्मचारी समेत समायोजनको कारणले गर्दा अन्यत्र जान लागेको उनले बताए । प्रत्येक वडामा एक स्वास्थ्य प्राविधि राख्ने निर्णय भएपनि ४ जना करारमा राखिएको न्यौपानेले बताए ।
नयाँ संरचनाअनुसार निर्वाचन भएको दुई वर्ष पुग्दासमेत स्थानीय तहमा कर्मचारीको अभावले सेवा प्रवाहमा समस्या भइरहेको छ भने विकास निर्माणका योजना सञ्चालनमा पनि समस्या भएको सम्बन्धित स्थानीय तहको गुनासो छ । दुई नगरापालिका र १० गाउँपालिका रहेको नुवाकोटमा जनप्रतिनिधिहरुले स्थानिय तहमा कर्मचारी अभावको कारण सन्तोषजनक काम गर्न नसकेको बताइरहँदा आम जनता भने जनप्रतिनिधको काम गर्ने शैली देखेर हैरान हुन थालेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया