किस्पाङको फिकुरी बहुमुखी क्याम्पसको पाँचौ वार्षिकउत्सव सम्पन्न

विदुर खबर २०७६ वैशाख २८ गते १५:१५

नुवाकोट वैशाख २८,नुवाकोटको किस्पाङ गाउँपालिकामा रहेको फिकुरी बहुमुखी क्याम्पसको पाँचौ वार्षिकउत्सव तथा पार्षद भेला शनिवार सम्पन्न भएको छ ।

Advertisement

क्याम्पसको वार्षिकउत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभाका सांसद नारायणप्रसाद खतिवडाले क्याम्सको कारणले उच्च शिक्षा हासिल गर्न राजधानी धाउनुपर्ने अवस्थाका अन्त्य भएको बताए । त्यस्तै गाउँपालिकाका अध्यक्ष छत्र लामाले गाउँपालिकाको शैक्षिक स्तर वृद्धिमा क्याम्पसको ठुलो योगदान रहेको भन्दै क्याम्सलाई अबका दिनमा गाउँपालिकाकै नमुना क्याम्पसको रुपमा लैजाने बताए । कार्यक्रममा वडा नम्बर २ का वडाअध्यक्ष देपनाथ भट्टले क्याम्पसलाई गाउँपालिकाको मात्रै नभई जिल्लाकै उत्कृष्ट बनाउन आग्रह गरे ।

त्यस्तै सो कार्यक्रममा क्याम्पसका सल्लाहकार समितिका सदस्य अर्जुनप्रसाद न्यौपानेले सबैको सहगोगमा क्याम्पसलार्इै अगाडी बढाउन तयार रहेको बताए । कार्यक्रममा क्याम्पसका अध्यक्ष कृष्णप्रसाद भट्टले क्याम्सको भौति र शैक्षिक अवस्था सुधार हुदै गएको बताउँदै क्याम्पसको आर्थिक अवस्था सनकै कमजोर रहेकोले गाउँपालिका, प्रदेश र केन्द्र सरकारले ध्यान दिनुपर्ने बताए ।

Advertisement

प्रतिक्रिया