नेपाली कांग्रेस नुवाकोटको जनजागरण अभियान शुरु (भिडीयोसहित)

विदुर खबर २०७६ वैशाख २६ गते १:१६

नुवाकोट वैशाख २६, नेपाली कांग्रेसको नुवाकोटको रााष्ट्रिय जनजागरण अभियान शुरु बुधवारदेखि शुरु भएको छ ।

Advertisement

कांग्रेस केन्द्रिय कार्यालयको गत चैत्र १५ गतेको परिपत्रको आधारमा जिल्लाका १२ वट्टै स्थानिय तहमा जनजागरण अभियान कार्यक्रम गर्न लागेको नेपाली कांग्रेस नुवाकोटले बताएको छ । अभियानको बुधबार पुर्वमन्त्रि तथा नुवाकोटको लागि केन्द्रिय प्रतिनिधि समेत रहेका अर्जुनजंगवहादुर सिंह, सुशिला उफ्रेती र नुवाकोट जिल्ला सभापति जगदिशनरसिंह केशीले संयुत्त रुपमा गरेका थिए । रााष्ट्रि जागरण अभियानको उद्घाटन कार्यक्रममा पुर्व मन्त्रि तथा नुवाकोटको लागि केन्द्रिय प्रतिनिधि समेत रहेका अर्जुनजंगवहादुर सिंहले सबै नेपालीलाई जागरुक बनाउन कांग्रेसले ७७ बट्टै जिल्लामा जागरण अभियान संचालन गर्न लागेको बताए । उनले विगतका क्रुटिले पार्टीको अहिलेको अवस्थामा आएको भन्दै अभियान शुरु भएकै दिनदेखि पार्टीमा नयाँ युग र दिनको शुरुवात भएको बताए । उनले नेपाली कांग्रेसलाई ईतिहासमा कसैले पनि ढाक्न र छेक्न नसकेको भन्दै सबै एकजुट भएमा पार्टीलाई कसैले हल्लाउन नसक्ने दाबी गरे । उनले पाटीभित्र गुट उपगुटका कारण चुनावमा पराजय व्यहोर्नुपरेको भन्दै कांग्रेसभित्र कांग्रेसी संस्कार हराएको टिप्पणी गरे । ‘कांग्रेस भए पनि निर्दलको संस्कार विकास भइरहेको छ । यो राम्रो भएन । समय हुँदैमा विचार गरौं’ उनले भने ।

त्यस्तै नुवाकोटको लागि अर्की केन्द्रिय प्रतिनिधि रहेकी सुशिला उफ्रेतीले हिजोको तितोमिठो पललाई बिर्सर्दै नयाँ जोश र जाँगरले अभियानलाई सफल बनाउनुपर्ने बताइन । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिशरसिंह केशीले नुवाकोट कांग्रेसको अभियान,निर्वाचन पछिको अवस्था, संगठनको चुस्थता,कम्युनिष्ट अतिवाद तोड्ने हाम्रो ढृढता र नैतिकता सहितको पार्टी निर्माणमा सबैको प्रतिबद्धता भन्ने नाराका साथ १२ वट्टै स्थानिय तहमा पुग्ने बताए । जिल्ला सभापति केशीले कांग्रेसमा भएका गुटहरु केन्द्रमा मात्र समिति रहेको भन्दै जिल्लामा कुनैपनि गुट नभएको दाबी गरे । उनले जिल्लामा कांग्रेस अझै पनि वलियो रहेको भन्दै कांग्रेसलाई कमजोर नठान्न चेतावनी दिए ।

Advertisement

जिल्लामा एक महिना चल्ने अभियानमा कांग्रेस केन्द्रिय कार्यालयको गत चैत्र १५ गतेको परिपत्रको आधारमा गाउँनगर पालिका केन्द्र परेका साविकका गाउँनगर इकाई सभापतिलाई पहिलो चरणको कार्यक्रमको लागि पालिका स्तरीय संयोजक मान्ने निर्णय भएको जिल्ला सभापति केशीले जानकारी दिए । पन्चकन्या गाउँपालिकामा शुक्रबार हुने जागरण अभियानको जिम्मा बैकुण्ठ खनाललाई दिइएको छ भने दुप्चेश्वर गाउँपालिकामा जेष्ठ ३ गते शुक्रबार हुने अभियानको संयोजकको जिम्मा इन्द्रबहादुर पाण्डेलाई दिइएको छ । त्यस्तै तादी गाउँपालिकाको खरानीटारमा जेष्ठ ४ गते हुने कार्यक्रमको संयोजकमा गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेलाई दिइएको छ भने शिवपुरीको महाकालिमा जेष्ठ ७ गते हुने कार्यक्रमको लागि प्रेमबहादुर थापा, लिखुको सुर्यमतिमा जेष्ठ ८ गते हुने कार्यक्रममको जिम्मा परशुराम लामिछानेलाई,ककनीम हुने जेष्ठ १० गते हुने कार्यक्रमको लागि सुप्पोल तामाङ र बेलकोटगढीको जिलिङमा जेष्ठ ११ गते हुने कार्यक्रमको जिम्मा गोकुलप्रसाद दहाललाई दिइएको छ ।

त्यस्तै विदुर नगरपालिकामा जेष्ठ १२ गते हुने कार्यक्रमको जिम्मा नगरसभापति नेत्रप्रसाद ढकाललाई दिइएको छ भने तारकेश्वरको दाङसिङमा जेष्ठ १३ गते हुने कार्यक्रमको लागि होमबहादुर तामाङ,किस्पाङको काहुलेमा जेष्ठ १५ गते हुने अभियानको लागि रणबहादुर तामाङलाई संयोजकको जिम्मा ताकिएको छ । यस्तै मेघाङ गाउँपालिकाको देउरालीमा जेष्ठ १६ गते हुने कार्यक्रमको जिम्मा सिंहराज तामाङलाई दिइएको छ भने सूर्यगढीको बागेश्वरीमा जेष्ठ १७ गते हुने कार्यक्रमको जिम्मा सन्तबहादुर घलेलाई दिइएको नेपाली कांग्रेस नुवाकोटले जनाएको छ ।

Advertisement

भिडीयो हेर्न तलको लिङ्कमा थिच्नुहोस ।

https://www.facebook.com/bidurkhabar/videos/2370728216494097/?_nc_cat=102&_nc_eui2=AeEAWQxTxza_kLAPb8TfCSv7BJhU8-wG-K41OGn-T4ek9C3S7HWz-fLDSxXj54NAkdvLASkNk_Xb497JLUl5-POeSc7PfKoKfMNmOm–JDNafA&_nc_ht=scontent.fktm3-1.fna&oh=75c4ba5c8d2bf4f0076b161fca8e9f6b&oe=5D6E4C42&dl=1

प्रतिक्रिया