एनआरएनएको उपक्षेत्रिय चुनावमा नुवाकोटका पाण्डे भिड्दै
नुवाकोट वैशाख २५, बेलकोटगढी नगरपालिका बडा नं १३ दाङ्मै, मदानपुरमा जन्मीनुभएका रामबाबु पान्डेले आगामी मे १८ र १९ तारीखमा हुने NRNA अमेरीकाको नयाँ कार्य समितिको निर्वाचनमा पश्चिम क्षेत्रीय उपाध्यक्ष पदका लागि आफ्नो उमेद्वारी दिएका छन ।
उनी हाल अमेरीकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहेका नेपाली समुदायबिच जनसम्पर्क तथा अन्तरक्रीयामा ब्यस्त रहेका छन । उनी अहिलेपनि क्यालीफोर्नीया राज्यको NRNA अध्यक्ष भई काम गर्दै आएका छन । अमेरीकाको क्यालीफोर्नीया राज्यमा बसोबास गर्दै आएका पाण्डे सफल ब्यबसायी तथा त्यस क्षेत्रका सामाजिक अभियन्ता रुपमा ुमेत परिचित छन । NRNA लाई सबै गैर आबासीय नेपालीहरुको साझा संन्जालको रुपमा बिकाश गराउनुपर्ने,सबैलाई सहज समाज निर्माणका लागि राजनितीक भन्दा सामाजिक अभियान नै प्रभाबकारी हुने भएकाले आफुलाई मतदान गर्नुपर्ने उनले बताए ।
नुवाकोटको मदानपुरमा जन्मेर विगत एक दशकदेखी अमेरिकालाई कर्मथलो बनाई आफ्नो व्यवसाय गर्दै आएका पाण्डले अमेरीकामा रहेका बिभिन्न सामुदायिक केन्द्रका लागि सहयोग गर्दै आएका छन । उनले पशुपतीनाथ फÞाउन्डेशनमा पचासी हजार डलर सहयोग गरी निरन्तर त्यसको संरक्षणमा लागिरहेकान छन । उनले विनाशकारी भुकम्पको वेला आफ्नो ब्यक्तीगत तथा संस्थागत दुबै तर्फबाट बिभिन्न क्षेत्रमा राहत बितरणमा सहयोग गरेका थिए । सबल, सक्षम र समाबेशी ल्च्ल्ब् निर्माणको लागि सहमती, सहकार्य र एकताको आबश्यकता मान्यता राख्ने पाण्डेले आफु नेतृत्वमा पुगेको खन्डमा सबैलाई समेटेर अघि बढ्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एमाले नेता खड्काद्धारा विद्यार्थीहरुलाई झोला वितरण
स्पेनको ‘बुलफाइट’ बिर्साउने नुवाकोटको गोरु जुधाइ
तादीमा जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिता शुरु
नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने





प्रतिक्रिया