एनआरएनएको उपक्षेत्रिय चुनावमा नुवाकोटका पाण्डे भिड्दै

विदुर खबर २०७६ वैशाख २५ गते १३:५९

नुवाकोट वैशाख २५, बेलकोटगढी नगरपालिका बडा नं १३ दाङ्मै, मदानपुरमा जन्मीनुभएका रामबाबु पान्डेले आगामी मे १८ र १९ तारीखमा हुने NRNA अमेरीकाको नयाँ कार्य समितिको निर्वाचनमा पश्चिम क्षेत्रीय उपाध्यक्ष पदका लागि आफ्नो उमेद्वारी दिएका छन ।

Advertisement

उनी हाल अमेरीकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहेका नेपाली समुदायबिच जनसम्पर्क तथा अन्तरक्रीयामा ब्यस्त रहेका छन । उनी अहिलेपनि क्यालीफोर्नीया राज्यको NRNA अध्यक्ष भई काम गर्दै आएका छन । अमेरीकाको क्यालीफोर्नीया राज्यमा बसोबास गर्दै आएका पाण्डे सफल ब्यबसायी तथा त्यस क्षेत्रका सामाजिक अभियन्ता रुपमा ुमेत परिचित छन । NRNA लाई सबै गैर आबासीय नेपालीहरुको साझा संन्जालको रुपमा बिकाश गराउनुपर्ने,सबैलाई सहज समाज निर्माणका लागि राजनितीक भन्दा सामाजिक अभियान नै प्रभाबकारी हुने भएकाले आफुलाई मतदान गर्नुपर्ने उनले बताए ।

नुवाकोटको मदानपुरमा जन्मेर विगत एक दशकदेखी अमेरिकालाई कर्मथलो बनाई आफ्नो व्यवसाय गर्दै आएका पाण्डले अमेरीकामा रहेका बिभिन्न सामुदायिक केन्द्रका लागि सहयोग गर्दै आएका छन । उनले पशुपतीनाथ फÞाउन्डेशनमा पचासी हजार डलर सहयोग गरी निरन्तर त्यसको संरक्षणमा लागिरहेकान छन । उनले विनाशकारी भुकम्पको वेला आफ्नो ब्यक्तीगत तथा संस्थागत दुबै तर्फबाट बिभिन्न क्षेत्रमा राहत बितरणमा सहयोग गरेका थिए । सबल, सक्षम र समाबेशी ल्च्ल्ब् निर्माणको लागि सहमती, सहकार्य र एकताको आबश्यकता मान्यता राख्ने पाण्डेले आफु नेतृत्वमा पुगेको खन्डमा सबैलाई समेटेर अघि बढ्ने बताए ।

Advertisement

प्रतिक्रिया