धुनीवेशीलाई फराकिलो गोल अन्तरले पराजित गदै विदुर सेमिफाइनलमा

विदुर खबर २०७६ वैशाख १९ गते १३:०९

नुवाकोट वैशाख १९, विदुरमा जारी विदुर नगर मेयर कप रााष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटलव प्रतियोगिता अन्र्तगत बुधबार भएको खेलमा विदुर नगरपालिकाले फराकिलो जित दर्ता गराएको छ ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा भएको खेलमा नुवाकोटको विदुर नगरपालिकाले धादिङको धुनीवेशी नगरपालिकालाई ९ का विरुद्ध १ गोलले पराजित गरेको हो । नुवाकोटलाई फराकिलो जित दिलाउन विदुर नगरपालिकाको लागि म्यान आफ दी म्याच भएका आशिस लामा एक्लैले ६ गोल गरेका थिए भने विकास मगर,सन्तोष थापा र मोहन गुरुङले एक÷एक गोल गरेका थिए । खेलको शुरुवात देखिनै निकै राम्रो फुटवल खेलको नुवाकोटले खेलको १५ औ मिनेटमा आशिसको गोलबाट अग्रता लिएको थियो । तर गोल खाएको एक मिनेट बित्न नपाउँदै धुनीवेशीले खेलमा फर्कदै गोल फर्काउन सफल भएको थियो । धुनीवेशीको लागि दिपेन्द्र रेग्मीले गोल फर्काएका थिए । दोस्रो हाफमा केही सन्तुलित खेल खेलेको धुनीवेशीले केही प्रयास गरेपनि विदुर नगरपालिकाले दास्रो हाफ लगातार तीन गोल थपेको थियो ।

विदुरको लागि आशिसले लगातार ६८ औ, ७८ औ र ७९ औ मिनेटमा तिन गोल गर्दै डबल ह्याट्रिक पुरा गरि विदुरलाई फराकिलो जित दिलाएको थिए । खेलको म्यान अफ दी म्याद विदुरका आशिस लामा नै घोषित भएका थिए । उनले नगद ५ हजार रुपैयाँ हात पारे । सेमिफाइनल पुगेको विदुरले फाइनल प्रवेशको लागि आगामी शनिबार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकासँग प्रतिष्पर्धा गर्ने छ ।

Advertisement

 

प्रतिक्रिया