साञ्जेन र रसुवागढीको आईपिओ बिहीबार बाँडफाँड हुने

नुवाकोट वैशाख १७, जनताको जलविद्युत आयोजना अन्तर्गत निष्काशन भएको साञ्जेन र रसुवागढीको आइपिओ आगामी बिहीबार १९ गते बाँडफाँड हुने भएको छ।
दुवै कम्पनीको आईपिओ सम्पूर्ण आवेदकले कम्तिमा दश कित्ताका दरले सबैले पाउने भएका छन् । रसुवागढीको सेयर निश्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार दुवै आयोजनाको आइपिओ आगामी बिहीबार बाँडफाँड गरिने भएको हो । क्यापिटलका अनुसार परेका आवेदनहरु बदर नभएको अवस्थामा रसुवागढीका आवेदकले बढीमा ४० कित्ता शेयर र सान्जेनकाले २० कित्ता पाउने देखिएको छ । साञ्जेन जलविद्युतको आइपिओमा ३ लाख ४ हजार जनाले १ करोड ४१ लाख ३२ हजार ८४० कित्ता खरीदका लागि आवेदन दिएका छन् । साञ्जेनले १०० रुपैयाँ अंकित दरका ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता सेयर निश्कासन गरेको थियो । जसमध्ये कम्पनीका कर्मचारी र म्युचुअल फण्ड लाई छुट्यार बाँकी ४९ लाख ८२ हजार २५० कित्ता सर्वसाधारणका लागि बाँडफाँड गरिनेछ ।
यस्तै, रसुवागढीको आइपिओमा ३ लाख ७ हजार ७५ जनाले १ करोड ७६ लाख ५ हजार २१० कित्ता खरीदका लागि आवेदन दिएका छन् । कम्पनीले एक अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपिओ निश्कासन गरेको थियो । जसमध्ये कम्पनीका कर्मचारी र म्युचुअल फण्डहरुलाई छुट्याएर ९३ लाख ३९ हजार ४६७ कित्ता सर्वसाधारणलाई वितरण गरिनेछ । साञ्जेन जलविद्युत कम्पनी लिमिटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेडले बैशाख ६ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निश्कासन गरेका थिए । साञ्जेनको आइपिओ निश्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानीकोष रहेको छ भने रसुवागढीको सिद्धार्थ क्यापिटल रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया