पत्रकार देबकोटाद्वारा विपन्न बिद्यार्थीको अभिभावकत्व ग्रहण
नुवाकोट वैशाख १५, पत्रकार शिव देवकोटाले बिदुर नगरपालिका वडा नम्वर ५ माझिटारस्थित च्वाडी पब्लिक माध्यमिक बिद्यालयमा अध्ययनरत एक बिपन्न बिद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् ।
नुवाकोटबाट प्रकाशन हुने उत्तरगया दैनिक, नुवाकोट जागरण साप्ताहिक र नुवाकोट टाईम्स अनलाईनका संचालक एवं सम्पादक देवकोटाले आईतबार बिद्यालयमा आयोजित एक कार्यक्रममा बिद्यालयको कक्षा २ मा अध्ययनरत छात्र प्रितम तामाङको अभिभावकत्व ग्रहण गरेका हुन । पत्रकार देवकोटालाई प्रितमका ठूलोबुवा सोमबारे तामाङले अभिभावकत्व हस्तान्तरण गरेका हुन् । नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्वर ३ देउरालीका प्रितमको बुवा सम्पर्कवीहिन रहेको र आमा अन्यत्र विवाह गरेर गएका कारण उनलाई ठूलोबुवा सोमवारेले संरक्षण दिईरहेको अवस्थामा सोमबारे पनि मृगौला रोगबाट पीडित भएपछि प्रितमको पठनपाठन प्रभाबित बनेको थियो । बिद्यालयका प्रधानाध्यापक टिकाराम खरेलले बिद्यालयको आग्रहमा पत्रकार देवकोटाले प्रितमले बिद्यालयमा अध्ययन गरुञ्जेल सम्म नियमित खाजा सहित अध्ययनका लागि लाग्ने सम्पूर्ण खर्च उपलब्ध गराउने सहमति भएको जानकारी दिएका छन् ।
यसैगरी सोही कार्यक्रममा बिदुर नगरपालिका वडा नम्वर ५ का समाजसेवी ध्रुवप्रसाद ढकालले प्रितमकी दिदी कक्षा ६ मा अध्ययनरत पुजा तामाङको पनि अभिभावकत्व ग्रहण गरे । त्यसक्रममा पत्रकार देवकोटा र समाजसेवी ढकालले विपन्नताका कारण शिक्षा प्राप्त गर्ने अवस्थाबाट बञ्चित हुन नदिन तामाङ दिदीभाईको अभिभावकत्व स्विकारेको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया