वेलकोटगढीमा रक्सी खुवाएर एक व्यक्तिले १३ रोपनी जग्गा पच पारे,पच पारेको जग्गा श्रीमतिको नाम गराउन सफल

विदुर खबर २०७५ चैत २९ गते १२:१०

विदुर÷नुवाकोटको वेलकोटगढी नगरपालिका वडा नं १३ सुर्जेबहादुर तामाङले व्यक्तिले रक्सी खुवाएकै भरमा गाउँकै एक जनाको १३ रोपनी जग्गा पच पारेका छन ।

Advertisement

सुर्जेबहादुर तामाङले जग्गा धनी मान वहादुर तामाङलाई रक्सी खुवाएर तथा फकाएरर जग्गा पचाएको पिडित मान वहादुर तामाङले बताए । आफुलाई ललाई फकाई बैकमा धितो राख्दिन्छु भनेर तात्कालिन वडा सचिव किरण श्रेष्ठलाई घुस खुवाई मालपोत लगेर सुर्जे बहादुरले आफ्नो श्रीमती सविता तामाङको नाममा जग्गा पास गरेको पिडित मान वहादुर तामाङले बताए । सुर्जेबहादुर तामाङले किर्तिपुर बस्ने निराजन थापालाई करोडौं रुपैयाँमा सो जग्गा बेचेको भन्दै विप्लप माओवादी नुवाकोट कार्यलयमा समेत उजुरी परेकोे छ ।
यसैबिच सुर्जेबहादुर तामाङले आफुलाई धोका दिएर जग्गा आफ्नी श्रीमतिको नाममा गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहले आफ्नो पार्टी सो जग्गाको विषयमा उजुरी परेको भन्दै तत्काल कुनैपनि संघसंस्थालाई सो जग्गा कारोवार नगर्न आग्रह गरेको छ । जिल्ला सेक्रेटरी विन्तोष शिलवालले शुक्रबार एक विज्ञप्ती जारी गर्दे पिडितले न्याय नपाउनजेल उक्त जमिन रोक्का गरि कुनै संघ संस्था र व्यक्तिलाई कारोबार नगर्न सबैलाई आग्रह गरेको छ । विजप्तीमा भनिएको छ हाम्रो पार्टीले दोषि उपर कारबाही गरि पिडितलाई न्याय दिने कुरा जानकारी गराईन्छ ।

प्रतिक्रिया