माथिल्लो तामाकोसी ढिलाइमा ठेकेदार जिम्मेवार

विदुर खबर २०७४ फागुन १८ गते ३:२५

दोलखा, १८ फागुन– निर्माणधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लक्ष्य भेट्न ठेकेदार कम्पनी बाधक देखिएको छ । ४ महिनापछि आयोजनाले विद्युत् उत्पादन शूरु गर्ने लक्ष्य राखेको छ ।

Advertisement

तर, ठेकेदार कम्पनीकै कारण आयोजनाको लक्ष्य भेट्न हम्मे पर्ने भएको हो । आयोजनाको लट २ अन्तर्गतको हाइड्रोमेकानिकसम्बन्धी कामले गर्दा आयोजनाको समग्र प्रगति नै प्रभावित हुने देखिएको छ ।

आयोजनाको हालसम्म करिब ९४ प्रतिशत काम पूरा भए पनि हाइड्रोमेकानिकल कामको सुस्तताले अहिले आयोजनाको अन्तिम लक्ष्य भेट्न मुस्किल छ, कारोबारमा खबर छ ।

Advertisement

प्रतिक्रिया