बुधबार साँझ विदुरमा ट्याक्टर र स्कुटर एकआपसमा ठोकिए, एक घाईते

विदुर खबर २०७५ चैत २१ गते २:०३

विदुर÷ विदुर नगरपालिका वडा नं २ को दम्कीमा बुधबार साँझ ट्याक्टर र स्कुटर ठोकिँदा एक जना घाइते भएका छन ।े ठक्करबाट एक बृद्ध घाइते भएका छन ।

Advertisement

घाइते हुनेमा विदुर नगरपालिका वडा नं २ का ५९ वर्षिय श्रीकृष्ण पण्डित रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले बताए । बट्टारबाट विदुरतर्फ आइरहेको ना ३ त ४१०९ नंम्बरको ट्याक्टर र बट्टारबाट विदुरतर्फ नै आइरहेको बा ७९ प २३७८ नंम्बरको स्कुटर एक आपसमा ठोकिएको प्रहरीले बताएको छ । घाइते भएका पण्डितलाई दम्कीको भगवती मेमोरियल अस्पतालमा सामान्य उपचारपछि काठमाण्डौ लगिएको छ । दुर्घटनापछि ट्याक्टर चालक फरार भएका छन । दुर्घटनापछि ट्याक्टर र स्कुटरलाई जिल्ला प्रहरी कार्यलय नुवाकोटले नियन्त्रणमा राखेकोे छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

यसैबिच घाइते पण्डितको अवस्था बुझ्न नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, कोषाअध्यक्ष गिता अमात्य र सदस्य लिडर श्रेष्ठ लगायत भगवती मेमोरियल अस्पताल पुगेका थिए ।

Advertisement

प्रतिक्रिया