‘मुर्ख’हरूको बीचमा ‘महामुर्ख’ बन्ने होडबाजी, राजपाका केन्द्रीय उपाध्यक्षले जिते उपाधि
जनकपुरधाम, १७ फागुन– एउटा यस्तो सम्मेलन, जहाँ सबैभन्दा ठुलो मुर्ख (महामुर्ख)को उपाधि लिन तछाड मछाड हुन्छ । त्यसमा पनि त्यो महामुर्खको उपाधि लिन सामान्य व्यक्तिमात्र नभइ समाजमा ‘विद्वान’ कहलिएका व्यक्तिहरू, बुद्धिजीविहरू, लेखक, साहित्यकार, कलाकार, पत्रकार, राजनीतिक दलका नेताहरूबीच प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धामा उत्रिनेमध्ये एकजनाले ‘महामुर्ख’को उपाधि पाउँछन् भने अन्य प्रतिस्पर्धीहरु विभिन्न शीर्षकमा ‘मुर्ख’को उपाधि पाउँछन् ।
जनकपुरमा मिथिला नाट्य कला परिषद जनकपुरद्वारा हरे वर्ष फागु पूर्णिमाको अबसर पारेर होली बिशेष २ दिने कार्यक्रम आयोजन गरिन्छ । एक दिन होली (होरी) महोत्सव र अर्को दिन महामुर्ख सम्मेलनको कार्यक्रम आयोजन गरेर महामुर्खको उपाधि दिने गरिन्छ ।
उक्त सम्मेलनमा मैथिली भाषा क्षेत्रका साहित्यकार तथा कवि र लेखकहरूद्वारा बिभिन्न हास्य कबिता तथा गजलहरूको बाचन हुन्छ । कविहरूले कवितामार्फत समसामयिक विषय, राजनीतिक अवस्था तथा विभिन्न किसिमका समस्याहरूप्रति व्यंग्य गर्छन् ।
मिथिलामा होलि पर्ब मनाउँदा यसरी नै होलीका गीत तथा गजलहरू गाएर व्यंग्य गर्ने ठूलो अवसर प्राप्त हुन्छ । यो अवसरमा गरिने कुरालाई सामान्य (व्यंग)का रुपमा लिइने भएकाले पनि कविहरुले मौकाको सदुपयोग गर्न छुटाउँदैनन् ।
कार्यक्रमको उद्घाटन मिनापका कलाकारहरूले एउटा नाट्य छनिकाबाट गर्छन् । यसपटक मिथिलामा भाषा विवाद देखिएकाले नाट्य छनिका पनि भाषा बिबादमै केन्द्रित थियो । मिथिलामा बोलिने मातृभाषा मैथिली नै भए पनि बोली (बोल्ने शैली) मात्र फरक भएका कारण त्यो भाषा मैथिली नभएको भनेर अनावश्यक रूपमा ठेठी तथा अन्य भाषा हो भनेर बिबाद देखाईनु, मातृभाषा मैथिली भए पनि सांसदहरूले आफ्नो मातृभाषा मैथिलीमा शपथ नलिएर हिन्दी भाषामा सपथ लिएको विषयलाई समेत आज मिनापले मञ्चन गरेको उक्त नाटकमा समेटिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया