चुनाव कान्डले नुवाकोट आर्दश बहुमुखी क्याम्पस अस्तव्यस्त,पढाई सुचारु गर्न विद्यार्थीको माग

विदुर खबर २०७५ चैत ८ गते ४:११

बट्टार÷स्वबियू निर्वाचन स्थगित भएसँगै नुवाकोटको सबैभन्दा पुरानो नुवाकोट आर्दश बहुमुखी क्याम्पस अस्तव्यस्त भएसँगै ठप्प भएको छ ।

Advertisement

क्याम्पस प्रशासनले निर्वाचन स्थगित गरी क्याम्पसमा अराजक गतिविधि हुन सक्ने भन्दै बुधबार एक सुचना जारी गदै चैत १२ गतेसम्मको लागि कलेज बन्द हुने सुचना सार्वजिनक गरेसँगै क्याम्पस प्रशासनको अहिले तिव्र आलोचना शुरु भएको छ । विद्यार्थी संगठनको माग संम्बोधन गर्र्नुको साटो उल्टै प्रशासन क्याम्पस नै बन्द गर्ने निर्णयमा पुग्नु लजास्पद विषय भएको विद्यार्थीहरु बताउँछन । क्याम्पसमा लगातार घोषण हुँदै र सर्दै गरेको स्ववियु चुनाव नहुने भएपछि त्यसको संभावित दुर्घटनालाई टार्न भन्दै क्याम्पस बन्द गरिएको प्रशासनको भनाई छ । क्याम्पसमा फागुन २९ गते र त्यसपछि पुन चैत्र १० गतेको पटकपटक गरि चुनावको मिति सारिएको थियो । क्याम्पसमा लगातार निर्वाचन घोषणा हुने र स्थगित हुने परम्पराले विद्यार्थी संगठन समेत आजित भएका छन । लगातार चुनाव स्थगित भइरहदा नेकपा निकटका विद्यार्थीहरु अखिल र क्राान्तिकारी चुनावको पक्षमा उभिएका छन भने कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ सबैको सहभागीतामा निर्वाचन हुनुपर्र्ने भन्दै तालाबन्दीमा उत्रिएको छ ।

स्ववीयु चुनावको माग गर्दै विद्यार्थी संगठन एकआपसमा विरोधमा उत्रिँदा निर्वाचन आयोगले गैर जिम्मेवारीपुर्ण तवरले राजिनामा दिँदै बिज्ञप्ती जारी गरी क्याम्पस नै बन्द गर्नै निर्णण् गरेको छ । निर्वाचन आयोगले क्याम्पसको भौतिक सामानको सुरक्षा तथा क्याम्पसमा हुन सक्ने संभाबित घटनालाई मध्यनजर गर्दै पठनपाठन चैत्र १२ गते सम्मको लागी बन्द गरिएको क्याम्पस प्रमुख नारायणमान डंगोलले बताए । बुधबार हुने निर्वाचन स्थगित भएसँगै नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारमा स्ववीयु अब चुनाव कहिले हुन्छ भन्ने विषय अब अन्यौलमा पुगेको छ ।

                 क्याम्पसमा ताला लगाउँदैै नेविसंघका कार्यकर्ताहरु ।

Advertisement

पठनपाठन संचालन गर्न माग

यसैबिच नुवाकोट आर्दश बहुमुखी क्याम्पस प्रशासनले केही दिनको लागि पढाई स्थगित गर्नै निर्णय गरेको विषयमा नेकपा निकट विद्यार्थी संगठनहरु अखिल र क्रान्तिकारीले विरोध जनाएका छन । उनीहरुले पढ्न पाउने विद्यार्थीको नैसर्गिक अधिकारलाई क्याम्पस प्रशासन र केही विद्यार्थी संगठनले हनन गरेको भन्दै शुक्रबार देखिनै कलेज संचालन गर्न र पठनपाठन शुरु गर्न क्याम्पस प्रशासन र शिक्षकहरुलाई आह्वान गरेका छन । उनीहरुले बिहिबार साँझ एक विज्ञप्ती जारी गर्दै तत्काल कक्षा संचालन हनुपर्ने माग गरेका हुन । उनीहरुले शुक्रबारबाट नियमित कक्षा संचालन नगरे कलेजमा जुनसुकै घटना घटेपनि त्यसको जिम्मा प्रशासनले लिनुपर्नै बताएका छन ।

Advertisement

प्रतिक्रिया