नुवाकोट उद्योग वाणिज्य संघको अधिवेशन,अध्यक्षमा कार्की र श्रेष्ठ भिड्ने निश्चित

विदुर खबर २०७५ चैत ४ गते १५:२४

नुवाकोट, उद्योगी व्यवसायीहरुको छाता संगठन नुवाकोट उद्योग वाणिज्य संघको यहि चैत्र २२ गते हुने १० औ अधिवेशनको लागि अध्यक्षमा वर्तमान अध्यक्ष ताराबहादुर कार्की र पूर्व उपाध्यक्ष रमेश श्रेष्ठ भिड्ने निश्चित भएको छ ।

Advertisement

संघको अधिवेशन आउन करिव साढे दुई साता मात्र रहेको अवस्थामा नुवाकोटमा नेकपा र नेपाली कांग्रेससहितका केहि दलहरु नतिजा आफु अनुकुल बनाउन सल्बालाउन थालेका छन । नुवाकोटमा सर्वाधिक चर्चाको विषय बन्ने उद्योग वाणिज्य संघको चुनावमा अहिले कांग्रेस निकटका ताराबहादुर कार्की र नेकपा निकट रमेश श्रेष्ठको चुनाव निकै रोचक हुने देखिन्छ । कार्की र श्रेष्ठले आफु निकट व्यवसायीहरुको भेला राखी अध्यक्षमा आफ्नो दाबेदारी प्रस्तुत समेत गरिरहेका छन । विं सं २०४५ सालमा स्थापना भएको संघमा अहिले करिव साढे १८ सय मतदाता रहेका छन ।

अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष,प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, माहासचिव, सचिव, कोषाध्यक्ष,प्रवत्तालगायतका २२ सदस्यीय कार्यसमितिको चयन गर्नैछ । निर्वाचनको दिन नजिकिँदै गर्दा कांग्रेस र नेकपा निकट व्यवसायीहरु नतिजा र उम्मेद्धवार छनौटका लागि भन्दै दिनभर छलफलमा व्यस्त भइरहेका छन । अहिले कांग्रेस निकटका व्यवसायी र नेकपा निकट व्यवसायीहरु प्यानल बनाएर चुनाव भिड्ने तयारी समेत गरिरहेका छन । कार्यसमितिमा अहिले नेकपा निकट व्यवसायीको बहुमत रहेको छ । उद्योग वाणिज्य संघलाई कब्जा गर्न कांग्रेस र नेकपा निकटका दुबै व्यवसायीहरु ऋहिले घनीभुत छलफल गरिरहेका छन । नेकपाले श्रेष्ठको नेतृत्वमा दिपक कायस्थ, रामकृष्ण राजभण्डारी, वासुलाल श्रेष्ठ,शैलेन्द्र श्रेष्ठ, राजु बोगटी,राजाराम अधिकारी,लिडर श्रेष्ठ,उसमान श्रेष्ठ, संजीव श्रेष्ठ, शान्ति प्रधानलाई पदाधिकारीमा उठाउने तयारी गरेको छ । त्यस्तै नेपाली कांग्रेस निकट व्यवसायीहरुले कार्कीको नेतृत्वमा आठजना पदाधिकारीको लागि वर्तमान कोषध्यक्ष गिता अमात्य, राजेन्द्र्र श्रेष्ठ, कृष्ण अधिकारी, जीवन श्रेष्ठ, सन्तोष उफ्रती, उपेन्द्र बुढाथोकी, सविन राजभण्डारी, निरज खड्की लगायत रहेका छन ।

Advertisement

चुनावमा तिव्र प्रतिष्पर्धा हुने देखिएपछि दुबै प्यानल अहिले संघको प्रतिष्पर्धी नुवाकोट चेम्बर साथ र सर्मथन लिन लागि परेका छन । कार्यसमितिमा नेकपा निकट व्यवसायीको वहुमत रहेपनि चुनावमा प्रतिष्पर्धा हुने एक व्यवसायीले बताए । चुनाव निकै प्रतिष्पर्धी भएकोले अध्यक्षका दाबेदारहरु व्यवसायी केन्द्रीत हुँदै तिव्र प्रचारप्रसारमा केन्द्रित भएका छन ।

 

Advertisement

प्रतिक्रिया