बेलकोटगढी नगरपालिकामा बेतिथी,तीनवटा बैठकको भत्ता साढे दुई लाख

विदुर खबर २०७५ फागुन २० गते ५:३७

बेलकोट, नुवाकोटको बेलकोटगढी नगरपालिकामा बैठक भक्तामा चरम बेतिथी देखा परेको छ ।

Advertisement

महालेखाले गरेको लेखापरिक्षण अनुसार बेलकोटगढी नगरपालिकामा वैठक भत्तामा वेथिती मौलाएको हो । महालेखाका अनुसनर नगरपालिकाको वडा नम्बर १, १०, ११ र १३ का सचिव शुक्रकुमार श्रेष्ठले ४ महिनामा ३ वटा बैठक बसाले । र उनले ४ महिनाको बैठक भत्ता बापत १ लाख ९२ हजार र विविध खर्चबापत ७६ हजार ८ सय गरी २ लाख ६८ हजार ८ सय भुक्तानी लिएका छन् ।

यस्तै वडा नम्बर ६ मा बालसंरक्षण कार्यक्रम अन्तर्गत ६ सय ६६ थान झोला ४ सय ५० रुपैयाँका दरले २ लाख ९९ हजार ७ सय र कपी ६ सय ६६ दर्जन प्रतिदर्जन २ सय ४० का दरले १ लाख ५९ हजार ८ सय ४० रुपैँयामा खरिद गरिएको छ । तर ति झोला र कापी बालबालिकालाई वितरण नगरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा उल्लेख छ

Advertisement

प्रतिक्रिया