कुशल नेतत्व गुमाउँदा देश शोकमग्न,नेकपा नुवाकोटद्धारा श्रद्धान्जली सभाको आयोजना
बिदुर,ताप्लेजुङको फुङलिङ नगरपालिका–१०,सिस्नेभीरमा बुधबार दिउँसो हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी तथा अन्य ६ जनाको स्मरणमा नेकपा नुवाकोटले बिहिबार पार्टी कार्यलय बिदुरमा श्रद्धान्जली सभाको आयोजना गरेको छ ।
दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्रि अधिकारी,पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र पाइलट प्रभाकर केसीको सम्झनामा श्रद्धान्जली आयोजना गरिएको नेकपा नुवाकोटले जनाएको छ । श्रद्धान्जली सभा कार्यक्रममा बोल्दै जिल्लाका नेताहरुले देशले नै एक उदयीमान कुशल युवा नेतृत्व गुमाएको भन्दै आफुहरु स्तब्ध भएको बताएका छन । दुर्घटनाबाट देशले होनाहार नेता गुमाएको नेकपा नुवाकोटका नेता पुष्प लामीछानेले बताउनुभयो ।
श्रद्धान्जली सभामा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, नेकपा नुवाकोटका नेता पुष्प लामीछाने, वृद्धि प्रधान,विमला सुवेदी, सभद्रा नेपाल, विन्दा ढुङ्गाना, तथा युवासंघका नेता उद्धव पनेरु,अनेरास्ववीयुका जिल्ला अध्यक्ष विष्णुहरी रिमाल लगायत आम सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री
बागमतीको बजेट अधिवेशन सोमबारबाट
खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक





प्रतिक्रिया