नेपाल टेलिकमको प्रिपेड फोन अब विदेशमा पनि चल्ने, धरौटी राख्नू नपर्ने
नेपाल टेलिकमका प्रिपेड फोन प्रयोगकर्ताहरुलाई खुसीको खबर । अब प्रिपेड फोन विदेशमा पनि चल्ने भएको छ ।
यसको मतलब तपाईसँग नेपाल टेलिकमको प्रिपेड फोन छ भने विदेशमा पनि तपाईंको फोन चल्छ ।
यसअघि पोस्टपेडका प्रयोगकर्तालाई मात्रै टेलिकमले यस्तो रोमिङ कलको सुविधा प्रयोग गर्न पाउँथे । टेलिकमले १५ वर्ष पूरा गरेर १६ वर्ष प्रवेश गरेको उपलक्षमा आजदेखि प्रिपेड फोनमा पनि रोमिङ कलको शुरुवात गरेको हो ।
सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले यो सेवाको शुभारम्भ गरे ।
प्रिपेड फोन प्रयोगकर्ताले धरौटी नराखी रोमिङ सेवा प्रयोग गर्न पाउने भएका छन् । मोवाइलमा जति ब्यालेञ्च छ सो बराबरको सेवा उपयोग गर्न पाउने गरी नेपाल टेलिकमले प्रिपेडका प्रयोगकर्तालाई रोमिङको सुविधा दिएको हो ।
पोस्टपेडका प्रयोगकर्ताले भने १० हजार धरौटी राखेर रोमिङ सेवा लिँदै आएका थिए । नेपाल टेलिकमले सन् २००१ बाट पोस्टपेडमा रोमिङ सेवा शुरु गरेको थियो । शुरुमा ३० हजार धरौटी राख्नुपर्ने भएपनि पछिल्ला वर्षहरुमा घटाएर १० हजार बनाइएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया