रसुवागढी नाका हुँदै १३ करोड मूल्यको वनजन्य सामग्री निर्यात

विदुर खबर २०७५ माघ २२ गते ७:४५

रसुवा,चालु आर्थिक वर्ष २०७५÷७६ को पहिलो ६ महिनामा रसुवागढी नाका हुँदै १३ करोड मूल्य बराबरको वनजन्य सामग्री चीनतर्फ निर्यात भएको छ ।

Advertisement

नेपालमा काठबाट बनेका सामग्रीको चीनमा माग बढ्दै जाँदा सामग्रीको निर्यात बढेको हो । ६ महिनामा १३ करोड ९१ लाख १७ हजार मूल्य बराबरको सामग्री चीनमा पठाइएको क्वारेन्टिन कार्यालय टिमुरेले जनाएको छ ।

रसुवागढी नाका सञ्चालन भएदेखि हालसम्मको तथ्याङ्क हेर्दा चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा सबैभन्दा बढी सामग्री निर्यात भएको देखिन्छ ।

Advertisement

आर्थिक वर्ष २०७२÷७३ मा २ करोड ७३ लाख ६७ हजार, आर्थिक वर्ष २०७३÷७४ मा ३ करोड ४४ लाख ८६ हजार र गत आर्थिक वर्ष २०७४÷७५ मा २ करोड ९७ लाख ९० हजार मूल्य बराबरको सामान निर्यात भएको थियो ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ९ करोड ९६ लाख ९३ हजार ५ सय मूल्य बराबरको ८ हजार ६ सय ६९ केजी ह्याण्डी क्राफ्ट, २ करोड २७ लाख बराबरको ३१ हजार केजी सतुवा, ५३ लाख ३४ हजारको २१ हजार ३ सय ३६ वटा बाँसको मुडा, ४८ लाख ७ हजार ८ सयको काठको सामग्री,

Advertisement

७ लाख ५० हजारको ३ हजार केजी ब्रस रुम लगायतका सामग्री निर्यात भएको हो । वनजन्य सामग्रीको निर्यात बढेको भएपनि कृषिजन्य सामग्रीको निर्यात सुरु नभएको कार्यालयका प्रमुख एंव वरिष्ठ बाली संरक्षण अधिकृत कुलदीप घिमिरेले बताए ।

प्रतिक्रिया