पश्चिमी क्षेत्रमा टेलिफोन सेवा
सल्यान । पश्चिमी क्षेत्रमा टेलिफोन सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमले साविकको मूलखोला गाविस–८ राउचेको लाटुगैरमा टावर विस्तार गरेसंँगै सो क्षेत्रमा टेलिफोन सेवा सञ्चालनमा आएको हो ।
दुई वर्षअघि निर्माण शुरु गरिएको टावर स्थानीय, प्रदेश र केन्द्रको चुनावका कारण समयमा काम नसकिएको टेलिकमले जनाउँदै आएको थियो ।
टावर विस्तारपछि बन्गाड कुपिण्डे नगरपालिका वडा नं १,४, र ६ तथा सिद्धकुमाख गाउँपालिकाको केही भागमा सुविधा भएको छ । टेलिफोन नहुँदा स्थानीयवासी घण्टौं हिँडेर सल्ली बजार पुगेर फोन गर्नुपर्ने बाध्यता थियो ।
टेलिकम क्षेत्रीय कार्यालय सुर्खेतले टावरमा जडान गर्ने उपकरणको अभावले ढिला भएको जानकारी दिए पनि नगरपालिकाले ताकेता गरेपछि टावर सञ्चालनमा आएको हो । यसैबीच एक महिनादेखि सल्ली बजारमा एडिएसल सेवा अवरुद्ध रहेको छ ।
पटक पटक जानकारी गराउँदा पनि मर्मतमा चासो नदिइएकोे आरोप स्थानीयवासी दुर्गा बिसीले लगाए । टेलिकमले ढिलासुस्ती गरेपछि आफैँ टेलिकम सुर्खेतमा पुगेर पहल गरेको वनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द पुनले बताए । रासस
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना
यूएईको ग्यास केन्द्रमा मिसाइल खस्दा एक जनाको मृत्यु, ४ जना घाइते
फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग





प्रतिक्रिया