नेपाल रेडक्रस सोसाइटी झिल्टुङ उपशाखाको कार्य समिति बिस्तार ।

विदुर खबर २०७५ माघ १३ गते १२:४३

नुवाकोट बिदुर,
नेपाल रेडक्रस सोसाइटी झिल्टुङ उपशाखाको कार्य समिति बिस्तार भएको छ । उपशाखाको सभापति नवराज सुवेदीको अध्यक्षतामा सोमबार बसेको बैठकले कार्य समिति बिस्तार गरेको हो ।
उपशाखाको उपसभापतिमा नारायणप्राद नेपाल, सचिबमा रातमाटेका नवराज नेपाल, उपसचिबमा अप्सरा सिग्देल, कोषाध्यक्षमा नारयणप्रसाद दाहाल, उपकोषाध्यक्षमा नवराज नेपाल रहनुभएको छ । यस्तै, सदस्यहरुमा रामचन्द्र नेपाल, दिपेन्द्र ढुङ्गाना, केदारप्रसाद नेपाल, लुरामणी पुडासैनी र जयराम दाहाल चयन हुनुभएको छ ।
साथै लुरामणी पुडासैनीको संयोजकत्वमा ५ सदस्यीय एम्बुलेन्स सञ्चालक समिति समेत गठन भएको छ । झिल्टुङ उपशाखामा हाल ३ सय ६४ जना साधारण सदस्यहरुको रहेको उपशाखाको सचिब नवराज नेपालले जानकारी दिनुभएको छ । साबिकको रातमाटे, दुईपपिल र जिलिङ गाविसका स्थानियहरु झिल्टुङ उपशाखामा आबद्ध रहेका छन् ।

Advertisement

प्रतिक्रिया