नुवाकोटमा जुधे ४७ हल गोरु,तारुकामा विशेष कार्यक्रमको आयोजना

विदुर खबर २०७५ माघ १ गते ११:५५

नुवाकोट÷माघे सङ्क्रान्तिका अवसरमा नुवाकोटमा यस वर्ष ४७ हल गोरु जुधाइएको छ ।

Advertisement

जिल्लाको तारुकामा २३ बेत्रावती ८ हल र घलेभञ्जयाङ (पिपलडाडा) १६ हल गरी ४७ हल गोरु जुधाइएको हो । तारुकाको पौरख नेपालको गौरव” भन्ने नारा सहित तार्केश्वर गाउँपालिका वडा नम्बर ३ तारुकामा २३ हल गोरु जुधाइएको छ । बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा राजकुमार जयपृथ्वीबहादुर सिंहको उपस्थितीमा विक्रम सम्वत १८ सय ८७ सालदेखि सुरु भएको गोरु जुधाई महोत्सवलाई २०६२ सालदेखि स्थानीय युवाहरुले सस्कृतिको संरक्षण तथा पर्यटन प्रबर्द्धनको लागि केन्द्रित रहेर व्यवस्थित रुपमा गोरु जुधाई पर्वको रुपमा मनाउँदै आएका छन्। बझांङ्गी राजकुमार जयपृथ्वीबहादुर सिंह मावली गाउँ तारुका आउँदा उनलार्ई मनोरञ्जन दिन जुधाइएको गोरुलाई स्थानीयवासीले निरन्तरता दिँदै अहिले संस्कृति, परम्परा र पर्यटन प्रबर्द्धनसंग जोडेर व्यवस्थित रुपमा निरन्तरता दिँदै आएका छन ।

त्यस्तै विदुर नगरपालिका वडा नंं. १० स्थित नुवाकोट र रसुवाको सीमामा रहेको वेत्रावतीको ढाँडेवगरमा नेपाल भोट युद्धमा सम्झौता भएको सम्झना स्वरुप हरेक वर्ष माघ १ गते गोरु जुधाई गरेर रमाईलो गर्ने प्रचलन रहेको छ । यस वर्ष माघे संक्रान्ति मेलामा सहभागी मध्ये प्रथम हुने गोरु धनीलाई तीन हजार रुपयाँ, दोस्रो हुनेलाई दुईहजार ५ सय रुपयाँ र गोरु सहभागी गराए वापत सहभागी सवैलाई एकहजार पाँचसय रुपैयाँ प्रदान गरिएको कल्वका अध्यक्ष ज्ञानकुमार डंगालले बताए ।

Advertisement

विक्रम सम्वत १८ सय ४९ मा भोट र नेपालबीचको भएको व्यापार सन्धीको खुसियालीमा आयोजना गरिएको गोरु जुधाई मेलालाई संस्कृति र परम्परा धान्नको लागि निरन्तरता दिँदै आएको छ ।

प्रतिक्रिया