नुवाकोटको आशा लघुवित्तको ६ लाख ७४ हजार कित्ता आईपिओ आउने

नुवाकोट,नुवाकोटको ककनीमा केन्द्रिय कार्यलय रहेको आशा लघुवित्तवित्तिय संस्था लिमिटेडलाई आइपिओ निष्काशन गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।
लघुवित्तले ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आइपिओ निश्काशन गर्न पुस २९ गते बोर्डबाट अनुमति पाएको हो ।लघुवित्तले आइपिओ निष्काशन गर्ने अनुमति माग्दै गत भदौ १७ धितोपत्र बोर्डमा आवेदन गरेको थियो । लघुवित्तले निष्काशन गर्न लागेको आइपिओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपि आइपिओ ग्रेड ४’ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउछ ।
कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई यस अघि नै नियुत्त गरीसकेको छ । चुक्ता पूँजी १४ करोड रुपैयाँ रहेको लघुवित्तको आइपिओ जारी गरेपछि २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २६ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया