नुवाकोटमा आज चक्का जामको घोषणा,२ घण्टा चक्का जाम
नुवाकोट, राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक आयोजना अन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावितहरुको समुह सडक प्रभावित सरोकार समितिले आज दिउँसो १२ बजेदेखि २ बजेसम्म २ घण्टा चक्का जामको घोषणा गरेका छन ।
समितिको छलफलले विरोधका कार्यक्रमसहित बन्द र चक्काजामको कार्यक्रम गत हप्ता सार्वजनिक गरिएको थियो । त्यस्तै समितिले आगामी माघ ६ गते नुवाकोट बन्द गर्ने निर्णय भएको सडक प्रभावित सरोकार समितिका उपसंयोजक गीता अमात्यले जानकारी दिइन ।
आयोजनाले पिपलटारदेखि ढुङ्गेसम्मको सडक विस्तारका क्रममा अधिग्रहण गरिएको जग्गाको मुआब्जा नदिने बताएपछि पिपलटारदेखि ढुङ्गेसम्मका स्थानियहरु आक्रोशित भएका छन । आयोजनले विसं २०३४ को राजपत्रमा पासाङल्हामु मार्गको बालाजु–ककनी–त्रिशूली खण्डको सडक सीमा सडकको केन्द्रबाट दायाँबायाँ १५÷१५ मिटर तोकिएका कारण मुआब्जा दिन नमिल्ने बताएको छ योसँग नुवाकोटको विदुर नगरपालिका क्षेत्रका स्थानियबासीहरु आयोजना र आयोजनाका प्रमुख सुबोध कुमार देवकोटासँग रुष्ट भएका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ
शवबाट गहना लुट्ने पाँच जना नुवाकोटबाट पक्राउ
एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत





प्रतिक्रिया