जापानी कम्पनीले ल्यायो धुन मिल्ने स्मार्टफोन

विदुर खबर २०७४ फागुन १६ गते १५:०७

भट्ट हेर्दा यो सफा र चम्किलो देखिन सक्छ । तर तपाईको स्मार्ट फोन तपाईले प्रयोग गर्ने सामाग्रीमध्ये सबैभन्दा फोहोर हुनसक्छ , त्यसमा रहेका किटाणू र धूलोेको परिमाण हेर्ने हो भने । त्यसैले अब जापानी कम्पनीले नयाँ स्मार्टफोन ल्याएको छ , जसलाई धुन सकिन्छ र यसमा रहेका किटाणू र धूलोलाई हटाउन सकिन्छ । यस स्न्यापड्रयागन ४१० प्रोसेसर, ५ इन्चको एन्ड्रोइड भएको फोनको नाम डिग्नो राफ्री हो । यो मोबाइललाई जापानमा टेक कम्पनी क्योसेरा टेलिकमले यसै साता लन्च गर्दैछ । यसको युएसबी वाटरप्रुफ हो र साबुनको प्रयोगले पनि यसलाई बिगार्नेछैन् । यसलाई धारामा राखेर बगिरहेको पानीमा मज्जाले सफा गर्न सकिन्छ । यसो गर्दा पनि मोबाइलभित्र पानी छिर्देन किनकी पानी र साबुनको फिज छिर्न नसक्ने गरी यसलाई सिल गरिएको छ । यसमा स्पिकर छैन् । तर आवाज फोन स्क्रिनमा भएको भाइब्रेशनमार्फत पुग्नेछ ।

Advertisement

यसमा रहेको १३ मेगापिक्सलको क्यामेरा पनि वाटरप्रुफ हो । धुन मिल्ने बाहेक यो फोन बच्चाबाट जोगाउन पनि महत्वपूर्ण मानिएको छ । मानिसहरुले यो फोनलाई जतापछि छाड्न सक्छ । झर्दा पनि यो फोन फुट्दैन । डिग्नो राफ्रीमा १६ जिबी स्टोरेज छ । त्यस्तै २ जिबीको र्याम र २ एमपि फ्रन्ट क्यामेरासहितको मूल्य ४ सय ६७ अमेरिकी डलर राखिएको छ । तर यो मोबाइललाई जापान बाहिर किन्न पाइदैँन । कम्पनीले जापानबाहिर यो फोन बेच्ने कुनै निती नरहेको बताएको छ ।

भिडियोमा हेर्नुहोस् , कसरी धुने मोबाइल फोनलाई

Advertisement

प्रतिक्रिया