फागुनमा आदिवासी महोत्सब हुँदै,२ लाख अवलोकनकर्ता भित्राउने लक्ष्य

विदुर खबर २०७५ पुष २४ गते १४:२४

विदुर÷ आगामी फागुन १६ गतेदेखि २६ गतेसम्म प्रथम नुवाकोट जिल्ला स्तरीय आदिवासी महोत्सव बट्टार बसपार्कमा हुने भएको छ ।

Advertisement

नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिवषद नुवाकोटको आयोजनामा महोत्सव हुन लागेको आयोजक नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिवषद नुवाकोटले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । “पर्यटन,उद्योग,व्यापार,कृषिमा विकास गरी आर्थिक संवृद्धि र मनोरञ्जन, प्रथम नुवाकोट जिल्ला स्तरीय आदीवासी महोत्सवमा लोपोन्मुख भाष, सांस्कृतिक भेषभुषाको जातीय पहिचान भन्ने नाराका साथ हुन लागेको महोत्सवमा करिव ३ सय स्टल रहने नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिवषद नुवाकोटका सचिव चन्द्रवहादुर कुमालले बताए ।

सचिव कुमालका अनुसार महोत्सवमा करिव ७ करोडको व्यापार गर्ने लक्ष्य लिएको छ भने २ लाख अवलोकनकर्ता भित्राउने लक्ष्य लिएको छ ।

Advertisement

प्रतिक्रिया