संघर्ष समितिद्धारा विरोधका कार्यक्रम सार्वजनिक,नुवाकोट बन्दको घोषणा

विदुर खबर २०७५ पुष २० गते १३:१०

नुवाकोट÷राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक आयोजना अन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावितहरुको समुह सडक प्रभावित सरोकार समितिले आफुहरुलाई आयोजनाले मुअब्जा नदिएको भन्दै विरोधका कार्यक्रम सार्वजनिक गरेका छन ।

Advertisement

समितिको शुक्रबार नुवाकोट आर्दश बहुमुखी क्याम्पसको मैदानमा बसेको छलफलले विरोधका कार्यक्रम सार्वजिनक गरेको हो । सार्वजिनक गरिएको विरोधका कार्यक्रमहरुमा जनप्रतिनिधि, राजनितिक दलका पदाधिकारीहरुसँग

घोषण गरिएको विरोध कार्यक्रम अनुसार आगामी पौष २८ गते १२ बजे चक्का जाम गर्ने र माघ ६ गते नुवाकोट बन्द गर्ने निर्णय भएको सडक प्रभावित सरोकार समितिका सचिव उत्सव अर्यालले बताए ।

छलफल,वार्ता,अन्र्तक्रिया चक्का जाम र नुवाकोट बन्दको कार्यक्रम समेत गरिएको छ । घोषण गरिएको विरोध कार्यक्रम अनुसार आगामी पौष २८ गते १२ बजे चक्का जाम गर्ने र माघ ६ गते नुवाकोट बन्द गर्ने निर्णय भएको सडक प्रभावित सरोकार समितिका सचिव उत्सव अर्यालले बताए । सडक प्रभावित सरोकार समितिकन संयोजक लिलानाथ न्यौपानेले आयोजनाले पिपलटारदेखि ढुङ्ेगेसम्मका प्रभावितलाई सौतेनी व्यवहार गरिएको भन्दै प्रभावितहरुलाई मुअब्जा नदिई सडक विस्तार गरेमा नुवाकोट बन्द गर्ने चेतावनी दिएका हुन । संघर्ष समितिका संयोजक न्यौपानेले आफुहरु विकास विरोधी नभएको भन्दै रााष्ट्रिय आयोजनाको नाममा जनताको उठीबास आफुहरुले सहन नसक्ने बताए ।

Advertisement

त्यस्तै आयोजना राष्ट्रको गौरव रुपमा रहेको र आयोजनाले जिल्लाको भविष्य निर्धारण गर्ने भएपनि मुअब्जा वितरण नगरिए आफुहरुको उठीवास हुने पनि स्थानिय संजीव श्रेष्ठले बताए । उनले आयोजना विदुर नगरपालिकाको केन्द्रविन्दुमा भएकोले केही व्यत्तिले सडक सार्ने आत्ांक सिर्जना गरेको बताए । त्यस्तै अर्का प्रभावित वासु सापकोटाले जिल्लाका सांसदहरुले मुअब्जाको विषयमा औपचारिक रुपमा धारणा सार्वजिनक गर्नुपर्नै बताए । उनले समयमै काम गर्न स्थानियबासीले अवरोध सिर्जना गरेको भन्खै आयोजनाले निर्माण अवधि लामो बनाउन चाहेको बताए ।

आयोजनाले पिपलटारदेखि ढुङ्गेसम्मको सडक विस्तारका क्रममा अधिग्रहण गरिएको जग्गाको मुआब्जा नदिने बताएपछि पिपलटारदेखि ढुङ्गेसम्मका स्थानियहरु आक्रोशित भएका छन । आयोजनले विसं २०३४ को राजपत्रमा पासाङल्हामु मार्गको बालाजु–ककनी–त्रिशूली खण्डको सडक सीमा सडकको केन्द्रबाट दायाँबायाँ १५÷१५ मिटर तोकिएका कारण मुआब्जा दिन नमिल्ने बताएको छ योसँग नुवाकोटको विदुर नगरपालिका क्षेत्रका स्थानियबासीहरु आयोजना र आयोजनाका प्रमुख सुबोध कुमार देवकोटासँग रुष्ट भएका छन ।

Advertisement

प्रतिक्रिया