चार किलो अवैध सुनसहित धादिङबाट नुवाकोटका २ सहित तीनजना पक्राउ

विदुर खबर २०७५ पुष २० गते ८:५६

अवैध ४ किलो सुनसहित नुवाकोटका दुई तामाङद्धय सहित तीनजना पक्राउ परेका छन ।

Advertisement

धादिङ प्रहरीले बिहीबार राति चार किलो अबैध सुनसहित तीनजनालाई पक्राउ गरेको छ । पृथ्वी राजमार्ग अन्तर्गत गजुरी बजारबाट उनीहरूलाई पक्राउ गरिएको धादिङ प्रहरीले जनाएको छ ।

दुईवटा मोटरसाइकलमा आएका शंकास्पदहरूलाई राति १० बजे खानतलासी गर्दा सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर बिकले जानकारी दिए । पक्राउ पर्नेहरूमा रसुवा उत्तरगया गाउँपालिकाका २७ वर्षीय संजित वाइवा, नुवाकोट तारकेश्वर गाउँपालिकाका २२ वर्षीय सुरेन्द्र तामाङ र सोही स्थानका २४ वर्षीय विकास तामाङ रहेका छन् । धादिङको गल्छीबाट मलेखुतर्फ जाँदै गरेको बा ८७ प ७७३१ र प्रदेश नम्बर ३, ०२-००३ प २५४० नम्बरको मोटरसाइकलमा सुन फेला परेको हो ।

Advertisement

प्रतिक्रिया