चार किलो अवैध सुनसहित धादिङबाट नुवाकोटका २ सहित तीनजना पक्राउ
विदुर खबर
२०७५ पुष २० गते ८:५६
अवैध ४ किलो सुनसहित नुवाकोटका दुई तामाङद्धय सहित तीनजना पक्राउ परेका छन ।
धादिङ प्रहरीले बिहीबार राति चार किलो अबैध सुनसहित तीनजनालाई पक्राउ गरेको छ । पृथ्वी राजमार्ग अन्तर्गत गजुरी बजारबाट उनीहरूलाई पक्राउ गरिएको धादिङ प्रहरीले जनाएको छ ।
दुईवटा मोटरसाइकलमा आएका शंकास्पदहरूलाई राति १० बजे खानतलासी गर्दा सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर बिकले जानकारी दिए । पक्राउ पर्नेहरूमा रसुवा उत्तरगया गाउँपालिकाका २७ वर्षीय संजित वाइवा, नुवाकोट तारकेश्वर गाउँपालिकाका २२ वर्षीय सुरेन्द्र तामाङ र सोही स्थानका २४ वर्षीय विकास तामाङ रहेका छन् । धादिङको गल्छीबाट मलेखुतर्फ जाँदै गरेको बा ८७ प ७७३१ र प्रदेश नम्बर ३, ०२-००३ प २५४० नम्बरको मोटरसाइकलमा सुन फेला परेको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एमाले नेता खड्काद्धारा विद्यार्थीहरुलाई झोला वितरण
स्पेनको ‘बुलफाइट’ बिर्साउने नुवाकोटको गोरु जुधाइ
तादीमा जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिता शुरु
नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने





प्रतिक्रिया