पुननिर्माणमा बेथितिः नुवाकोटमा पुननिर्माण गरिएका २५ प्रतिशत घर एक कोठे

विदुर खबर २०७५ पुष १९ गते ६:५८

नुवाकोट,नुवाकोटमा पुननिर्माण गरिएका करिव २५ प्रतिशत घरहरु एककोठे पाइएको छ । राष्ट्रिय पूननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यन्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार शाखाका कार्यक्रम संयोजक बद्री प्याकुरेलका अनुसार जिल्लामा निर्माण भएका घरहरुमध्ये करिव २५ प्रतिशत घर एक कोठे मात्र रहेका छन । जिल्लामा पुननिर्माण गरिएका करिब २३ हजार घरमध्ये करिव १० हजार घर एककोठे रहेको प्याकुरेलले बताए ।

Advertisement

जिल्लामा एककोठे घर निर्माणको क्रम तिव्र वनेसँगै जिल्लाबबाट निर्वाचित भएका सांसदहरु समेत जिल्लामा भएको पुनिनिर्माणको प्रक्रियाप्रति असन्तुष्ट देखिएका छन । नुवाकोटबाट प्रतिनिधिसभा क्षेत्र नं २ बाट निवार्नचित भएका सांसद हितबहादुर तामाङले जिललामा बनेको घरलाई सलाई बट्टाको संज्ञा दिँदै यस्तो घरमा कसरी बस्ने भन्दै प्रश्न गरेका छन । तामाङले एककोठे घर बनेपनि त्यो बस्न लायक नभएको र सुन्गुरको पाठा बस्ने घर भएको भन्दै किस्ता पारित गर्ने इन्जिनियप्रति समेत उनले असंतुष्टि पोखे ।

त्यस्तै जिल्लाा बनेको एककोठे घर प्रति जिल्ला समन्वय समितिका प्रमुख सन्तामान तामाङले पनि असन्तृष्ट जनाएका छन। जिसस प्रमुख तामाङले जिल्लामा भएको पुननिर्माणबाट आफु पुर्ण रुपमा असन्तृष्टि रहेको बताए । उनदे अब जिससले पुन आफ्नो मौलिक परम्परा कायम गर्ने घर बनाउने अभियान संचालज गर्ने बताए ।

Advertisement

तेस्रो किस्ता लिनेको संख्या ३७ हजार

यसेबिच नुवाकोटमा तेश्रो किस्ताको सिफारिस लिनेको सङ्ख्या ३७ हजार ७ सय ५१ पुगेको राष्ट्रिय पूननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यन्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार शाखा नुवाकोटले जनाएको छ । जिल्लामा रहेका ७६ हजार ४ सय १४ लाभग्राही मध्ये ६९ हजार ४ सय १४ परिवारले पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ बुझेका छन् । ति मध्ये ६२ हजार ३ सय ९ लाभग्रहीले दोश्रो किस्ता १ लाख ५० हजार रुपैया लिइसकेको जिल्ला आयोजना कार्यन्वयन इकाई (भवन) का प्रमुख कोषनाथ अधिकारीले बताए ।

Advertisement

अधिकारीको अनुसार तेश्रो किस्ताको लागि सिफारिस लिने सङ्ख्या ३७ हजार ७ सय ५१ रहेका छन् भने आवास निर्माण समपन्न गर्ने लाभग्राहीको सङ्ख्या ३७ हजार ७ सय रहेका छन् । जिल्लामा लाभग्राहीहरुले आकार प्रकासर नमिलाई घर बनाएको र क्षेत्रफल तोकिएको भन्दा बढी भएका भवनहरु बनेको जिल्ला आयोजना कार्यन्वयन इकाई (भवन) का प्रमुख अधिकारीले जानकारी दिए । त्यस्तै जिल्ला आयोजना कार्यन्वयन ईकाइ शिक्षाका प्रमुख वीरेन्द्रजंग थापाले विनासकारी भूकम्पबाट क्षती पुगेको विद्यालयहरुमा ७० वटा विद्यालयको पूननिर्माण सकिसकेको र १ सय ११ वटा विद्यालयको पूननिर्माण जारी रहेको बताए ।

यसैबिच विनासकारी भूकम्पले भत्काएका नुवाकोटका विद्यालयमध्ये पूननिर्माणको लागि रुम टु रिडले जिम्मा लिएको ५२ वटा विद्यालयहरुमा ३७ वटा सम्पन्न गरिसकेको बताइएको छ ।

जिल्लामा रहेका ३७ वटा विद्यालयमा रहेको ४ सय २२ वटा कक्षा कोठाहरु निर्माण निर्माण गरि सम्वन्धित विद्यालयलाई हस्तान्तरण गरिसकिएको रुम टु रिडका जिल्ला कार्यक्रम संयोजक शुसिल तिमिल्सिनाले बताए । कार्यक्रम संयोजक तिमिल्सिनाको अनुसार २ सय ७८ वटा कक्षा कोठा नयाँ निर्माण गरिएको र १ सय ४४ वटा कक्षा कोठा मर्मत संभार गरिएको हो ।

त्यस्तै रुडेक नेपालका अध्यक्ष मिनकुमार केसीले रुडेक नेपालको सहकार्यमा रुम टु रिडले जिल्लाको करिव १० वटा विद्यालयमा पुस्तकालय स्थापना गरेको बताए । विद्यालयहरुमा स्थापना भएको पुस्तकालयहरुको सञ्चालन तथा व्यवस्थापन राम्रो नहुदा समस्या देखिएको शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटका प्रमुख मदनकुमार थापाले बताए । प्रमुख थापाले शिक्षा विकास तथा समन्वय इकाई र रुम टु रिडले एउटै विद्यालयमा पुस्तकालयको लागि खर्च गरिरहदा विद्यालयहरुले अनियमितता गरेको हो कि भन्ने आशंका बढ्दै गएको बताए ।

जिल्ला समन्वय समिति नुवाकोटका सदस्य शुमिना प्रधानले स्थानीय तहहरुसँग सहकार्य गरेर कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गरिन । नुवाकोटमा अहिले रुम रु रिडले थप १८ वटा विद्यालयमा साक्षरता कार्यक्रम सञ्चालन गर्न लागिएको बताएको छ । जिल्लाको १२ वटा स्थानीय तह मध्ये म्यागङ र किस्पाङ बाहेकका अन्य स्थानीय तहमा रहेका ६० वटा विद्यालयमा कक्षा १ र २ लाई लक्षित गरि साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको कार्यक्रम संयोजक तिमिल्सिनाले दाबी गरेका छन ।

चैतबाट नुवाकोट दरबार पुनर्निर्माण हुने 
यसैसिच नुवाकोटको ऐतिहासिक साततले दरबार पुननिर्माण आगामी चैतबाट शुरु हुने भएको छ । केही साता अघि रााष्ट्रिय पुननिर्माण प्राधिकरणका सिईयो शुशील ज्ञवालीले नुवाकोटको ऐतिहासिक साततले दरबार परिषरको गर्दै सो कुरा बताएका हुन । । २०७२ सालको भूकम्पले क्षति र्पुयाएको नुवाकोटको सात तले दरबार पुरातत्व विभागअन्तर्गत रहने गरी चिनियाँ टोलीले चैतबाट पुनर्निर्माण गर्ने ज्ञवालीले बताए । भुकम्प गएको करिव साढे तीनवर्ष बित्दा समेत दरबार निर्माणका लागि सरकार उदासिन भएको स्थानियबासीले बताइरहँदा सिईयो ज्ञवालीले दरबार पुननिर्माण अब छिट्टै शुरु हुने बताए सिईयो ज्ञवालीले चीन सरकारको नयाँवर्ष शुरु भएकोले दरबार पुननिर्माणमा ढिलाई भएको उल्लेख गरे ।

त्यस्तै दरबार पुननिर्माणमा ढिलाई भएको भन्दै विदुर नगरपालिका वडा नं २ का वडाअध्यक्ष विरेन्द्र शाहीले प्राधिकरणका सिईयो ज्ञवालीसँग आफ्ना असन्तुष्टि पोखे । वडाअध्यक्ष शाहीले दरबार पुन निर्माणको लागि लामो समय गुज्र्रेको भन्दै देशर्कै पहिचानको रुपमा रहेको दरबारलाई छिट्टै पुननिर्माण गरिदिन पहल गर्न आग्रह गरे । दरबारको समयमा नै पुननिर्माण हुन नुवाकोट दरबारको इतिहास मेटिने अवस्था आएको वडाअध्यक्ष शाहीले बताए ।

चीन सरकारले दरबार पुनर्निर्माणको लागि आन्तरिक तयारी शुरु गरिसकेको र ठेकेदार छनौट प्रक्रियामा रहेको जनाइएको छ । पहिलो चरणमा सात तले दरबार र त्यसपछि तलेजु भवानीको मन्दिर, रङ्गमहल, लामपाटी र सेतो पाटी निर्माण गर्ने गरी सम्झौता भईसकेको प्राधिकरणका कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए ।

विदुर नगरपालिका वडा नं २ मा रहेको यो दरबारको पश्चिमको पाँचौं तल्लाको छाना भत्केर दिनहुँ झिँगटी, इँटा, कलात्मक काठ खसिरहेका छन । दरबार समयमा नै पुननिर्माण हुन नसक्दा गारो चिरा पर्न थालेको छ भने बासले टेको दिएर अड्याइएको छ । भुकम्प गएको लामो समय बितिसक्दा समेत दरबार पुननिर्माण हुन नसक्दा देशको पहिचान बनेको दरबारको अस्तित्व हराउने हो कि भन्ने चिन्चा बढेको स्थानिय रामलाल श्रेष्ठले बताए । नुवाकोटका अधिकांश स्थानमा अझैपनि बाबस्तविक भुकम्प पीडिले अझै राहात पाएनन  ।

यसैबिच जिल्लामा रहेका केही बास्तविक पिडितले अझै राहात पाउन नसकेको गुनासो गरेका छन । जिल्लाको सुयैगढी गाउँपालिकाका माया मगरले आफु वास्तविक पिडित भएपनि राहात बापतको केही पनि रकम पाउन नसकेको बताइन । त्यस्तै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले केही वास्तविक पिडितहरुले अझै राहात रकम पाउँन नसकेको बताउका छन । जिल्लामा निर्माणजन्य सामाग्री वालुवा उत्खननमा सर्वाेच्च अदालतले रोक लगाउँदा समेत जिल्लामा अपेक्षित रुपमा पुननिर्माण गति लिन नसकेको सरोकारवालाहरु बताउँछन ।

प्रतिक्रिया