विनपा २ मा सामुदायिक मेलमिलाप केन्द्रको उद्घाटन,पहिलो दिनमै मुद्धाको किनारा लगाइयो

विदुर खबर २०७५ पुष १६ गते ९:२७

विदुर नगरपालिका वडा नं २ को नुवाकोट डाँडाँमा सामुदायिक मेलमिलाप केन्द्रको सोमबार उद्घाटन गरिएको छ ।

Advertisement

केन्द्रको उद्घाटनकै दिन केन्द्रले एउटा मुद्धाको मेलमिलाप गरी कार्यलयको उद्घाटन गरेको हो । केन्द्रको उदघाटन कार्यक्रममा बोल्दै विदुर नगरपालिका वडा नं २ का वडाअध्यक्ष विरेन्द्र शाहीले मेलमिलाप केन्द्र उदघाटनले आफु उत्साहित भएको र अबका दिनमा वडाभित्र केही झैझगडा भएमा मेलमिलाप केन्द्रलाई जिम्मा दिने बताए । वडाअध्यक्ष शाहीले नगरपालिकाले मेलमिलापकको केन्द्रको कार्यलय स्थापनाको लागि बजेट विनियोजन नगरेकोले आगामी नगरप।िरषदमा लगेर छलफल गर्ने बताउनुभयो । वडाअध्यक्ष शाहीले अबका दिनमा वडामा खटिएका मेलमिलापकर्ताहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्राकृतिक श्रोत तथा द्धन्द्ध रुपान्तरण केन्द्र नुवाकोटका कार्यक्रम संयोजक सिताराम पौडेलले नुवाकोटको ८८ बट्टै वडामा मेलमिलाप केन्द्र खौल्ने अभियान अन्र्तगत विदुर नगरपायिलका वडा नं २ मा समेत केन्द्र स्थापना गरिएको बताउनुभयो । कार्यक्रम संयोजक पौडेलले नुवाकोटमा रहेका ८८ ओटै वडामा अबको तिनमहिना भित्र केन्द्रको कार्यलय खोल्ने बताउनुभयो । मेलमिला केन्द्रले अब विदृुर नगरपालिका वडा नं १, ६ र ९ वडामा मात्र मेलमिलाप केन्द्र्रको स्थापना गर्न बाँकी रहेको छ । मिलमिलाप केन्द्रले पछिल्लो समय प्रभावकारी काम गर्न थालेसँगै समाजमा भएका झैझगडा मिलाउन हम्मेहम्मे परेका जनप्रतिनिधिले राहात महसुस गरेका छन ।

Advertisement

प्रतिक्रिया