बेलकोटगढीका सन्त बहादुरको कुवेत दुर्घटनामा मृत्यु

नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं-१३ घर भई कुवेतमा सबारी चालकको रुपमा कार्यरत सन्त बहादुर तामाङको सडक दुर्घटनामा मृत्यु भएको छ।
आँफैले चलाएको गाडी अनियन्त्रित भएर ठोकिँदा शनिवार उनकाे मृत्यु भएको कल्याणकारी नेपाली यूबा समाज कुवेतका उपाध्यक्ष प्रदिप कार्कीले जानकारी दिए । दुर्घटनामा परि गम्भिर घाइते भएका तामाङलाई उपचारका लागि अस्पताल पुर्याइएकाेमा साँझ ६ बजेतिर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
नेपाली दुताबास कुवेतका दितिय सचिव ज्ञान बहादुर मगरले भने” मृतक सन्तबहादुर तामाङको पासपोर्ट तथा अन्य कागजात दुताबासले प्राप्त गरी सकेको र उनको शब पठाउने प्रकृया शुरु गरिसकिएको छ।
मृतक कार्यरत कम्पनीसंग समन्वय गरेर शबलाई छिट्टै नेपाल पठाइने तथा सडक दुर्घटना बिमाका लागि परिवारको मन्जुरीनामा लिएर प्रकृया अगाडि बढाइएकाे छ। बिगत ३ बर्ष देखी एसीको (ACICO) कम्पनीमा कार्य गर्दै आएका सन्त बहादुरका २ छोरी,१ छोरा र श्रीमती रहेका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













सुदन गुरुङ नै भन्न थाले–निर्वाचन हुन्न !
७ जिल्लाका सीडीओ फेरिए
ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज





प्रतिक्रिया