चोरी गरेको आरोपमा विदुरका सुनम थापा काठमाण्डौबाट पक्राउ

नुवाकोट । चोरी गरेको आरोपमा विदुर नगरपालिका वडा नं ४ का सुनम थापा काठमाण्डौबाट पक्राउ परेका छन ।
चोरीको घटनामा अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेका अनिल तामाङलाई सोधपुछ गर्ने क्रममा चोरीमा सङ्लग्न रहेको खुल्न आएपछि अन्य व्यक्तिलाई टोखा नगरपालिका–९ सङ्गमटोलबाट गएराति पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट रु ९५ हजार, ब्रासलेट एक थान, मङ्गलसुत्र एक थान, बेरुवा औँठी एक थान, मोबाइल आठ थान, घडी तीन थान र लागुऔषध गाँजा करीब ५०० ग्रामसमेत प्रहरीले बरामद गरेको छ । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ । यसैबीच चोरी गरी फरार रहेका एक व्यक्तिलाई आज बिहान प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले यही पौष ३ गते हिम इलोक्ट्रोनिकमा भएको चोरीमा सङ्लग्न सर्लाही हरिपुर नगरपालिका–१ का २८ वर्षीय नबेन्द्रकुमार सिंहलाई पक्राउ गरेको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु





प्रतिक्रिया