गाउँगाउँमा रहेका इन्जिनियर अब स्थानिय तहको मातहतमा रहने

ढुङ्गेनीटार÷ गाउँगाउँमा गएर काम गर्दै आएका इन्जिनियरहरुले अब स्थानिय तहको मातहतमा रहेर काम गर्नुपर्ने राष्ट्रिय पूननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक शुसिल ज्ञवालीले बताएका छन ।
सोमबार विदुर नगरपालिका वडा नं ६ ढुङ्गेनीटारमा प्रतिरोधात्मक पर्वतीय गाउँको हस्तान्त्ररण कार्यक्रममा उनले रााष्ट्रिय पुननिर्माण प्राधिकरण कार्यलयको मातहतमा रहेका इन्जिनियर अब स्थानिय तहको मातहतमा आउने बताए । सिईयो ज्ञवालीले स्थानिय तहमा रहृका समस्याको बारेमा स्थानियतहका जनप्रतिनिधिलाई बढी जानकारी हुने भन्दै अब इन्जिनियर लाई स्थानियतहले जिम्मेवार बनाउने बताए । गाउँगाउँमा केही पिडितले अझै किस्ताबापतको रकम नपाएको भन्दै सिईयो ज्ञवालीले नक्कली पिडितले पैसा पाएको भएमा अबका दिनमा सम्बसन्धत स्थानिय तह जिम्मेवार हुने बताए । भूकम्पपछि इसीमोडको सहयोगमा ढुङ्गेटारमा घर निर्माण भएको भन्दै उनले खुशी व्यत्त गरे । उनले बस्नको लागि घर भएसँगै हातमुख जोड्न जिविकोपार्जन हुने कार्यक्रम आवस्यक रहेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले भुकम्पले नेपालीमा परर्निभरता बढाएको बताए । जिसस प्रमुख तामाङले घर निर्माणमा स्थानिय स्रोतसाधनको भरपुर प्रायोग गर्नुपर्ने बताए । तामाङले अबका दिनमा स्थानियतहले सबै पुननिर्माणको नेतृत्व लिन सफल भएको बताए । सो कार्यक्रममा विदुर नगरपलिकाका पेयर संञ्जु पण्डितले नगरपालिका क्षेत्रभित्रका अझै केही बास्तविक भूकम्प पीडित लाभग्रही सूचीमा नपरेको बताए । मेयर पण्डितले भूकम्प पिडितको घर जगैसम्म नभए पनि चेकजाच गर्न गएकाह इसन्जनियरले राम्रोसँग काम नगर्दा वास्तविक पिडित अझै छुटेको बताए । त्यस्तै नगरपालिकाकी उपमेयर गीता दाहालले गाउँको मुहार फेर्ने भन्दै गाउँको मुहार फेर्ने यो कार्यक्रम ल्याएको बताइन । त्यस्तै पर्वतीय गाउँको हस्तान्त्ररण कार्यक्रममा इसीमोडका प्रमुख डेभिड जेम्स मोल्र्डनले सुरक्षित घर र समुदायमा रहेका मानिसहरुको जीविकोपार्जनमा गरिदिनु नै आफुहरुको लक्ष्य रहेको बताए । प्रमुख मोल्र्डनले समुदायमा काम गर्दा निकै सहज भएको बताए ।
इसिमुडले नगरपालिकाको ढुङ्गेनीटारमा ९० वटा घर निर्माण गर्नको लागि प्रत्येक घरलाई २ लाख रुपैयाँको निर्माण सामाग्री निर्माण गर्न सहयोग गरेको इसिमुडका परियोजना संयोजक गोविन्द जोशीले बताए । ढुङ्गेनीटारका स्थानियलाई आयआर्जनको लागि समेत आर्थिक सहयोग गर्दै आएको उनले बताए । इसीमोडले ढुङ्गेटारमा ३६ वटा घर आरसिसि ढलान निर्माण गर्न सहयोग गरेको छ भने ४५ वटा घर व्लकबाट निर्माण गर्न सहयोग गरेको छ । ब्लक निर्माणको लागि स्थानिय महिला÷पुरुषलाई तालिम दिएर दक्ष बनाइएको छ । आफैले बनाएको ब्लकबाट आफ्नो घर बनाउन आफुहरुलाई खुशी लागेको स्थानिय हरि शुनुवारले बताए । भुकम्पछि गाउँमा कहाँबस्ने र के गर्ने भन्ने अन्यौलता रहेकोमा इसीमोडको सहयोगमा गाउँको मुहार परिर्वतन भएको सुन्दरादेवि आधारभुत विद्यालयकी प्रध्यानाअध्यापक सोनिया विकले बताइन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया