गाउँगाउँमा रहेका इन्जिनियर अब स्थानिय तहको मातहतमा रहने

विदुर खबर २०७५ पुष ७ गते ६:०९

ढुङ्गेनीटार÷ गाउँगाउँमा गएर काम गर्दै आएका इन्जिनियरहरुले अब स्थानिय तहको मातहतमा रहेर काम गर्नुपर्ने राष्ट्रिय पूननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक शुसिल ज्ञवालीले बताएका छन ।

Advertisement

सोमबार विदुर नगरपालिका वडा नं ६ ढुङ्गेनीटारमा प्रतिरोधात्मक पर्वतीय गाउँको हस्तान्त्ररण कार्यक्रममा उनले रााष्ट्रिय पुननिर्माण प्राधिकरण कार्यलयको मातहतमा रहेका इन्जिनियर अब स्थानिय तहको मातहतमा आउने बताए । सिईयो ज्ञवालीले स्थानिय तहमा रहृका समस्याको बारेमा स्थानियतहका जनप्रतिनिधिलाई बढी जानकारी हुने भन्दै अब इन्जिनियर लाई स्थानियतहले जिम्मेवार बनाउने बताए । गाउँगाउँमा केही पिडितले अझै किस्ताबापतको रकम नपाएको भन्दै सिईयो ज्ञवालीले नक्कली पिडितले पैसा पाएको भएमा अबका दिनमा सम्बसन्धत स्थानिय तह जिम्मेवार हुने बताए । भूकम्पपछि इसीमोडको सहयोगमा ढुङ्गेटारमा घर निर्माण भएको भन्दै उनले खुशी व्यत्त गरे । उनले बस्नको लागि घर भएसँगै हातमुख जोड्न जिविकोपार्जन हुने कार्यक्रम आवस्यक रहेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले भुकम्पले नेपालीमा परर्निभरता बढाएको बताए । जिसस प्रमुख तामाङले घर निर्माणमा स्थानिय स्रोतसाधनको भरपुर प्रायोग गर्नुपर्ने बताए । तामाङले अबका दिनमा स्थानियतहले सबै पुननिर्माणको नेतृत्व लिन सफल भएको बताए । सो कार्यक्रममा विदुर नगरपलिकाका पेयर संञ्जु पण्डितले नगरपालिका क्षेत्रभित्रका अझै केही बास्तविक भूकम्प पीडित लाभग्रही सूचीमा नपरेको बताए । मेयर पण्डितले भूकम्प पिडितको घर जगैसम्म नभए पनि चेकजाच गर्न गएकाह इसन्जनियरले राम्रोसँग काम नगर्दा वास्तविक पिडित अझै छुटेको बताए । त्यस्तै नगरपालिकाकी उपमेयर गीता दाहालले गाउँको मुहार फेर्ने भन्दै गाउँको मुहार फेर्ने यो कार्यक्रम ल्याएको बताइन । त्यस्तै पर्वतीय गाउँको हस्तान्त्ररण कार्यक्रममा इसीमोडका प्रमुख डेभिड जेम्स मोल्र्डनले सुरक्षित घर र समुदायमा रहेका मानिसहरुको जीविकोपार्जनमा गरिदिनु नै आफुहरुको लक्ष्य रहेको बताए । प्रमुख मोल्र्डनले समुदायमा काम गर्दा निकै सहज भएको बताए ।

Advertisement

इसिमुडले नगरपालिकाको ढुङ्गेनीटारमा ९० वटा घर निर्माण गर्नको लागि प्रत्येक घरलाई २ लाख रुपैयाँको निर्माण सामाग्री निर्माण गर्न सहयोग गरेको इसिमुडका परियोजना संयोजक गोविन्द जोशीले बताए । ढुङ्गेनीटारका स्थानियलाई आयआर्जनको लागि समेत आर्थिक सहयोग गर्दै आएको उनले बताए । इसीमोडले ढुङ्गेटारमा ३६ वटा घर आरसिसि ढलान निर्माण गर्न सहयोग गरेको छ भने ४५ वटा घर व्लकबाट निर्माण गर्न सहयोग गरेको छ । ब्लक निर्माणको लागि स्थानिय महिला÷पुरुषलाई तालिम दिएर दक्ष बनाइएको छ । आफैले बनाएको ब्लकबाट आफ्नो घर बनाउन आफुहरुलाई खुशी लागेको स्थानिय हरि शुनुवारले बताए । भुकम्पछि गाउँमा कहाँबस्ने र के गर्ने भन्ने अन्यौलता रहेकोमा इसीमोडको सहयोगमा गाउँको मुहार परिर्वतन भएको सुन्दरादेवि आधारभुत विद्यालयकी प्रध्यानाअध्यापक सोनिया विकले बताइन ।

प्रतिक्रिया