मेलमिलाप,न्यायिक समिती र स्थानीय निकायसँगसँगै जानुपर्ने सरोकारवालाको भनाई

बेलकोटगढी÷मेलमिलापले गर्ने कार्यलाई अझै प्रभाबकारी र दिगो बनाउन स्थानीय न्यायिक समिती तथा स्थानीय निकायसँगैको सहकार्य महत्बपूर्ण रहेको सरोकारवालाहरुले बताएका छन् ।
प्राकृतिक स्रोत तथा द्धन्द्ध रुपान्तरण केन्द्र नेपालले सोमबार बेलकोटगढी नगरपालिकाको बाघखोरमा आयोजना गरेको न्यायिक समिती, बडा अध्यक्ष, मेलमिलापकर्ता र सरोकारवालाहरु बीचको नगरपािलका स्तरीय अन्तरक्रिया तथा अनुभब आदानप्रदान कार्यक्रममा सरोकारवालाहरुले समितीले गरेको काम पारदर्शी र प्रभाबकारी बन्दै गरेको निश्कर्ष निकालेका छन् । कार्यक्रममा बेल्कोटगढी नगरपालिकाका मेयर राजेन्द्ररमण खनाले देवानी प्रबृतिका मुद्धाहरुको न्याय सम्पादनको क्षेत्रमा मेलमिलापकर्ताहरुले गरेको काम प्रशंसनीय रहेको बताए । मेयर खनालले मेलमिलाप र न्यायीक समिती गर्ने गरेको कार्यलाई अझै प्रभाबकारी र दिगो बनाउन नगरपालिकाको तर्फबाट सदैब सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
उक्त कार्यक्रममा बेल्कोटगढी नगरपालिकाका उपमेयर कबिता ढुंगानाले बिबादित पक्षको समस्यालाई छिट्टै समाधान गर्न वडावडामा तालिमप्र्राप्त मेलमिलापकर्ताहरुलाई १५ दिनभित्र सुचना जारी गरी सुचिकृत गर्ने बताइन । उपमेयर ढुंगानाले अझैपनि बिबादित पक्षहरु बिश्वासिलो न्याय प्राप्त गर्न सकिने आशमा अदालत नै धाउने प्रबृति रहेको भन्दै न्यायिक समिती र मेलमिलापले नागरिकको बिश्वासलाई डगमगाउन दिन नहुने उल्लेख गरिन । सो कार्यक्रममासमाजमा हुने झैझगडाको प्रमुख जड नै मद्यपानको सेवन रहेको तारुका प्रहरी चौकीका ईन्चार्ज कुलबहादुर कुँबरले बताए । उनले मादकपदार्थको उत्पादन र खरिद बिक्रीलाई अन्त्य गरिनुपर्ने बताए ।
प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्रले नुवाकोटको ८० वटा वडामा मेलमिलाप केन्द्र गठन गरेको जानकारी दिदै केन्द्रका जिल्ला संयोजक सिताराम पौडेलले अब बिदुर र बेल्कोटगढी नगरपालिका गरी ८ वटा वडामा मेलमिलापक केन्द्र गठन गर्न बाँकी रहेको बताए । प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्रले पछिल्लो समय नुवाकोटको द्धन्द्ध रुपान्तरणको लागि प्रभावकारी रुपमा काम गर्दै आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया