मेलाको नाममा दुप्चेश्वर मन्दिरमा ब्रह्मलुट,मोटसाइकल पार्किङ गरेको एकसय रुपैयाँ

विदुर खबर २०७५ पुष ६ गते १४:०३

दुप्चेश्वर।दुप्चेश्वर गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर मन्दिरमा यतिवेला प्रत्येक वर्ष मङ्सिर पूर्णिमामा लाग्ने मेला लागिरहेको छ ।

Advertisement

मेलामा सवारीसाधन पार्किङ शुुल्क भन्दै दुप्चेश्वर क्षेत्र विकास कोषले बढी रमक लिएको भन्दै भत्तजनहरुले आका्रेश व्यत्त गर्न थालेका छन । मन्दिरको नाममा दुप्चेश्वर क्षेत्र विकास कोषले ब्रह्मलुट मच्चाएको काठमाण्डौबाट दर्शन गर्न आएका शिव रेग्मीले बताए । मेलामा सवारी साधन पार्किङ शुल्कको नाममा कोषले धेरै रकम अशुलेको भन्दै कोषको अहिले सामाजिक संजाल फेसबुकमा समेत व्यापक विरोध भइरहेको छ ।

त्यस्तै रसुवाको कालिका गाउँपालिकाबाट मन्दिरको दर्शन गर्न आएका सरोज न्यौपानेले समेत दुप्चेश्वर क्षेत्र विकास कोषले मन्दिरको पार्किङ शुल्कको नाममा व्यापार गरेको बताए । तर मेलामा आउने सवारीसाधनलाई व्यवस्थित गर्न र मन्दिर संरक्षणको लागि पार्किङ शुलक एकसय रुपैयाँ लिएको दुप्चेश्वर क्षेत्र विकास कोषलेले जनाएको छ ।
मेलाको दर्शन गर्न काठमाण्डौं, धादिङ, रसुवा सिन्धुपाल्चोक लगायत देशका विभिन्न ठाउँहरुबाट वर्षेनी लाखौ भक्तजनहरु महादेवसँग वरदान माग्न आउने गरेका छन् । यहाँ मागेको पाउने आटेको पुग्ने बिश्वास गरिन्छ । दुप्चेश्वर महादेवलाई पशुपतिनाथको दोश्रो रुप मानिन्छ । मेलामा तामाङ, शेर्पा, गुरुङ जातिका परम्परागत संस्कृतिको प्रदर्शन र स्थानीय उत्पादनहरूको बिक्री वितरण समेत हुने गरेको छ । जात्रा हेर्ने र दर्शन गर्ने दर्शनार्थीहरुको यो बेला ठुलो भिड समेत लाग्ने गरेको छ ।
किमदन्ति अनुसार समुन्द्रमन्थन गर्दा निक्लिएको विष सेवनपछि छट्पटीएका महादेव पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा वास बसेर रसुवाको गोसाइँकुण्ड गएको उल्लेख छ ।
भक्तजनले ‘जे माग्यो त्यो सिद्ध गराउने’ महादेवले सन्तानमध्ये पनि पुत्रलाभ गराउने विश्वास गरिँदै आएको छ । अविवाहितलाई जोडी प्रदान, पशुचौपाया नब्याएमा दाम्लो चढाएमा गर्भाधान, बोली नफुटेका बालबालिकालाई दर्शन गराएमा बोल्न सक्ने वरदान दिने किंम्बदन्तीमा उल्लेख छ ।

Advertisement

प्रतिक्रिया