किस्पाङ गाँउपालीकामा एकिकृत घुम्ति शिबिर सम्पन्न,गाउँमै सेवा पाएपछि किस्पाङबासी हर्षित

काउले÷ किस्पाङ गाउँपालिकाको काउलेमा बुधबारबाट शुरु भएको एकिकृत घुम्ती शिविर बिहिबार सम्पन्न भएको छ ।
गाउँगाउँमा सरकार भन्ने सरकारको नारालाई सार्थक बनाउन जिल्लाबाट प्रदान गरिने सरकारी सेवाहरु गाउँमा नै गएर दिने उदेश्यले आयोजना गरिएको एकिकृत घुम्ती शिविरमार्फत गाउँमै गएर सरकारी कार्यलयले सेवा दिएपछि किस्पाङबासी खुशीले हर्षित भएका छन । शिविरमा जिल्ला प्रशासन कार्यालयले नयाँ नेपाली नागरिकता प्रमाणपत्र वितरण, कृषि ज्ञान केन्द्रले माटोको परिक्ष, पशु कार्यलयले पशुको चेकजाँच,निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेको जिल्ला प्रशासन कार्यलय नुवाकोटका प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्माले बताए ।
शिविरमा नेपाली सेना श्रीनाथ गण नुवाकोट र श्री नं. ६ फि.ए. गुल्म, बैरेनी धादिङले डाक्टरसहितको स्वास्थ्य शिविर तथा निस्शुल्क औषधि वितरण गरेको छ । त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले घुम्ती शिविरमा सहयोग, सुरक्षाको प्रबन्ध र सुरक्षा सम्बन्धि जनचेतना कार्यक्रम सञ्चालन गरेको थियो । त्यसैगरी डिभिजन वन कार्यालयले वन र वन पैदावर सम्बधि जानकारी एवं परामर्श सेवा, स्वास्थ्य कार्यालयले स्वास्थ्य परामर्श सेवा, कृषि ज्ञान केन्द्रले कृषि सम्बन्धि राय परामर्श, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुको चेक जाँच एवं राय परामर्श, हुलाक कार्यालयले हुलाक टिकटको वितरण र घरेलु तथा साना उद्योग विकास समितिले व्यवसाय दर्ता तथा इजाजत पत्र वितरण तथा अनुगमन लगायतका सेवाहरु प्रदान गरेको थियो । गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले गाउँका जनताले जिल्लासम्म पुगेर सेवालिन कतिसम्म समस्या झेल्नु पर्ने बाध्यतालाई सरकारी कार्यालय प्रमुखलाई महशुस गराउन र शिविर पश्चात् जिल्लामा गएर सेवा लिन जाने सेवाग्राहीलाई सहजताका साथ सेवा प्रदान गर्ने विश्वास लिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त





प्रतिक्रिया