त्रिशुली महोत्सवमा झिँगा मार्दै व्यापारी,न्युन मात्रामा अवलोकनकर्ता

विदुर खबर २०७५ पुष ५ गते १२:२२
त्रिशुली महोत्सवमा न्युन मात्रामा उपस्थित भएका अवलोकनकर्ता ।

त्रिशुली।सोमबारबाट सुरु भएको प्रथम नुवाकोट त्रिशुली महोत्सबमा रहेका स्टलका व्यापारी व्यापार नभएसँगै झिगा मारेर बस्न थालेका छन ।

Advertisement

महोत्सव शुरु भएको चारदिन बित्तिसक्दा समेत राम्रो व्यापार नभएको व्यापारीहरुले बताएका छन । कपडा र भाडाकुँडा स्टलका व्यापारी सामान मिलाउँनमा व्यस्त रहँदा खाना , खाजा पसलका व्यपारी भने झिँगा धपाउँदै बस्न थालेका छन । त्रिभूबन त्रिशुली माध्यामिक बिद्यालयले ईन्जिनियरिङ कक्षा सञ्चालनको लागी रकम जुटाउने उद्धेश्यले आयोजना गरेको महोत्सवमा अवलोकनकर्ता न्युन आएसँगै आयोजक समेत झस्किएको छ । विलायलमा पढाईौ बन्द गरेर आयोजना गरिएको महोत्सवले एकातिर विद्यार्थीको पढाईलाई असर गरेको छ भने अर्काेतर्फ व्यापार नभएर महँगो मुल्यमा स्टल लिएका व्यापारीको दिमाग दिमाग खराब भउको व्यापारीले बताएका छन । महोत्सवको नाममा जस्तो गरेपनि चल्ने मानसिकता हावी हुँदा महोत्सवमा सोचेजस्तो व्यापार नभएको एक व्यापारीले बताए ।

वि.स २००७ सालमा स्थापना भएको तत्कालिन पश्चिम १ नंम्बर नुवाकोट, धादिङ र रसुवाको पहिलो विद्यालय त्रिभुवन त्रिशूली माविमा यसै शैक्षिक सत्रदेखि तीन वर्षे सिभिल इन्जिनियरिङको स्नातक तहको पठनपाठन शुरु भएकोले खर्च धान्न भन्दै विद्यालयले महोत्सव आयोजना गरेको बताएको छ । बिबिध साँस्कृतिक मनोरञ्जनात्मक सस्तो बजार, शिक्षा कृषि पर्यटन तथा ब्यापार महोत्सब भन्ने मुल नाराका साथ सञ्चालन भईरहेको महोत्सब अनुमानित ४० हजार दर्शकले अबलोकन गर्ने आयोजकले अनुमान गरेपनि त्यो अनुमानमा मात्र सिमित हुने देखिएको छ । जनाएको छ । आगामी १० गतेसम्म सञ्चाचलन हुने महोत्सबमा २ सय स्टल रहेका छन ।

Advertisement

प्रतिक्रिया