नौ दिनमा नेप्सेले ८० अंक गुमायो

विदुर खबर २०७४ फागुन १६ गते ११:५५

१६ फागुन, काठमाडौं । १४ सय विन्दुमा लामो समय अड्एिको बजार ओरालो लाग्ने क्रमले तीव्रता पाएको छ । बजार अडिन्छ भन्ने अपेक्षामा रहेका लगानीकर्ताहरु समेत बजार घट्ने दर बढ्न थालेपछि अत्तालिएका छन् । बजार सूचक नेप्से १३ सय ४५ मा आइपुगेको छ । नौ कारेबार दिनमा नेप्सेले ८० अंक गुमाएको छ ।

Advertisement

‘बजारमा लगानीकर्ताको मनोविज्ञान माथि निकै खेलेको देखियो । संस्थागत लगानीकर्ताले सेयर बिक्री गरेपछि घटेको बजारमा कहिले बामगठबन्धनको नाममा तर्साइयो भने कहिले अर्थमन्त्रीलाई देखाइयो,’ सेयर लगानीकर्ता तथा विश्लेषक निरव पुडासैनीले बताए । यद्यपी उनी बजारमा बढेको सेयर आपुर्तीको चाप, बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको प्रभावलाई इन्कार भने गर्दैनन् ।

लगानीकर्ताहरुसँग क्षमता कमजोर बन्दै गएपछि अहिले एक सय रुपैयाँ पाइने हकप्रद समेत बिक्री हुन सकिरहेको देखिदैन् । संस्थागत लगानीकर्ताहरुले समेत बजारबाट गुमाइरहेका छन् । यिनै कारण बजारमा प्रभाव परिरहेको छ । यद्यपी घटेको बजारमा नयाँ लगानी पनि थपिइरहेको देखिन्छ । कारोबार रकम बुधवार पनि ५४ करोड रुपैयाँ रहेको छ । कारोबार रकमले बजारलाई टेवा दिइरहेको छ ।

Advertisement

यसअघि एक प्रतिशतभन्दा कमले घट्ने गरेका समूहगत परिसूचकहरुमा सोभन्दा धेरैले गिरावट आएको छ । कम्पनीहरुको सेयर मूल्यमा अधिकत्तम पाँच प्रतिशतसम्म घटेको छ । धेरैको तीनदेखि पाँच प्रतिशतले मूल्य घटेको छ ।

बजार विश्लेषकहरु बजारमा सुधार देखिन केही समय भने लाग्ने बताउन थालेका छन् । बजारमा तरलताको समस्या हल हुन थालेमा बजारले वृद्धिको दिशा समात्ने अपेक्षा गरिएको छ । यद्यपी लगानीकर्ताको मनोविज्ञानलाई प्रभावित पार्ने प्रयास नभएमा सुधार केही छिटो हुने अपेक्षा उनीहरुको छ ।

Advertisement

प्रतिक्रिया