स्थानीय तहमा भएको पुननिर्माणलाई निगरानी राख्न पूननिर्माण समन्वय समिति गठन गरिने

विदुर खबर २०७५ पुष २ गते १२:५२

नुवाकोट,राष्ट्रिय पूननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक शुसिल ज्ञवालीले प्रत्येक स्थानीय तहमा  हुने पूननिर्माणलाई निगरानी राख्न स्थानीय पूननिर्माण समन्वय समिति गठन गरिने बताउनुभएको छ ।

Advertisement

विदुर नगरपालिका वडा नम्बर ६ ढुङ्गेटारमा आयोजित प्रतिरोधात्मक पर्वतीय गाउँको हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक ज्ञवालीले पूननिर्माण प्राधिकरणको कार्यवधी २ वर्ष मात्र बाँकी रहेकोले पछिका दिनहरुमा हुने पूननिर्माणका कार्यलाई सहज बनाउन समितिले सहजता प्रदान गर्ने विश्वास लिएको उहाँले बताउनुभएको छ ।

यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले इसिमोडलाई जिल्लाको अन्य ग्रामीण भेगका नागरिकलाई समेत लाभ पुग्ने गरी काम गर्न आग्रह गर्नुभएको छ । संघसस्थाहरु गाउँठाउँमा जादा काम जति सवै संघसस्थाले गरेको भन्ने भान नागरिकमा पर्ने हुदा पूननिर्माण सम्वन्धी काम गर्दै आएका विभिन्न संघ सस्थाले स्थानीय तहसँग समन्वय गर्नुपर्ने बताउनुभएको छ । उहाँले ढुङ्गेटारका नागरिकहरुलाई अव जिविकोपाजर्न हुने खालको काम गर्न सुझाव दिनुभएको छ । 

Advertisement

कार्यक्रममा विदुर नगरपालिका मेयर सञ्जु पण्डितले बास्तविक भूकम्प पीडित लाभग्रही सूचीमा नपरेको गुनासो गर्नभएको छ । भूकम्प पिडितको घर जगैसम्म नभए पनि चेकजाच गर्न गएकाहरुले राम्रोसँग ख्याल नगर्दा उनीहरुको गुनासो बढ्दै गएको बताउनुभएको छ । कार्यक्रममा नगरपालिकाका उपमेयर गीता दाहालले आफ्नो गाउँ आफैले बनाउनु पर्ने भएकोले सबै एकजुट भएर लाग्न सुझाव दिनुभएको छ । उहाँले त्यहाँका नागरिकहरुलाई स्वास्थ्य शिक्षा जस्ता विषयमा गम्भिर हुन आग्रह गर्नुभएको छ । सम्पूर्ण नगरवासीको जीवन स्तर उकास्न जस्तो कठिन परिस्थिति आए पनि सामना गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ ।

ढुङ्गेटारमा इसिमुडले ९० वटा घर निर्माण गर्नको लागि प्रत्येक घरलाई २ लाख रुपैयाँको निर्माण सामाग्री निर्माण गर्न सहयोग गरेको छ । नेपाल सरकारले उपलव्ध गराउने ३ लाख रुपैयाँ र इसिमुडमार्फत प्राप्त भएको निर्माण सामाग्रीले भूकम्प पिडितहरुलाई सहज भएको छ । त्यहाँ रहेका नागरिकहरुलाई आयआर्जनको लागि आर्थिक सहयोग समेत गर्दै आएको इसिमुडका परियोजना संयोजक गोविन्द जोशिले बताउनुभएको छ । ढुङ्गेटारमा ३६ वटा घर आरसिसि ढलान र ४५ वटा घर व्लकबाट निर्माण भएका छन् । ब्लक निर्माणको लागि त्यहाँका नागरिकहरुलाई तालिम दिएर दक्ष बनाइएको छ । आफैले बनाएको ब्लकबाट आफ्नो घर बनाउन पाउदा स्थानीयहरु खुसी भएका छन् ।

Advertisement

प्रतिक्रिया