प्रथम त्रिशुली महोत्सवको सबै तयारी पुरा,महोत्सवमा करिव ४० हजार अवलोकनकर्ता आउने

विदुर खबर २०७५ पुष १ गते १३:१०

त्रिशुली÷नुवाकोटको सबैभन्दा पुरानो विद्यालय त्रिभुवन त्रिशूली माध्यामिक विद्यालयले सिभिल इञ्जिनीयररिङ कक्षा सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन आगामी सोमबारदेखि गर्ने भनिएको प्रथम त्रिशुली महोत्सवको सबै पुरा तयारी भएको आयोजक त्रिभुवन त्रिशुलीले जनाएको छ ।
त्रिभुवन त्रिशुली उच्च माध्यामिक विद्यालयले आइतबार पत्रकार सम्मेलन गरी महोत्सवको सबै तयारी पुरा भएको जनाएको हो । विदुर नगरपालिका वडा नं १ स्थित विद्यालयले शुरु गरेको इन्जिनियरिङ विषयको पठनपाठनको लागि आवश्यक रकम जुटाउन महोत्सव आयोजना गर्न लागिएको विद्यालय व्यवस्थापन समतिका अध्यक्ष नवीन्द्रमान प्रधानले बताए । प्रधानले विद्यालयलाई आफ्नै स्रोतबाट नयाँ विषयको पठनपाठन सञ्चालन गर्न कठिनाई भएकाले महोत्सव गर्न लागेको बताए ।
विद्यालयमा अहिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सिटिइभिटी)अन्र्तगत तीनवर्षे डिप्लोमा इन सिभिल इञ्जिनीयरिङ विषयको पढाइ भइरहेको छ । विद्यालयमा अध्यननका लागि ४८ जना विद्याथीृको कोटा भएपनि समय अनुमति ढिला भएकोले २४ जना विद्यार्थी अध्यनन गरिरहेको विद्यालयका प्रध्यानाअध्यापक महेन्द रावतले बताए । सेमेस्टरका लागि सरकारले तोकेको प्रतिविद्यार्थी २ लाख रुपैयाँ मात्र शुल्क लिइने भएकोले अपुग रकमको लागि महोत्सव गर्न लागेको विद्यालयले जनाएको छ । सिभिल इञ्जिनीयरिङको पठनपाठन लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न महोत्सव गर्न लागेको शिक्षक राजेन्द्र दवाडीले बताए । विसं २००७ सालमा स्थापित मावि तत्कालीन पश्चिम १ नं नुवाकोट, धादिङ र रसुवाको पहिलो विद्यालय हो ।
आगामी पुस १० गतेसम्म संचालन हुने महोत्सवमा प्रवेशको लागि विद्यार्थीलाई ३५ रुपैयाँ र अन्यलाई ५५ रुपैयाँ शुल्क लिइने आयोजकले जनाएको छ । महोत्सवमा करिव ४० हजार अवलोकनकर्ता आउने आयोजकले बताएको छ ।

Advertisement

प्रतिक्रिया