नुवाकोटका चार पत्रकार सम्मानित

विदुर खबर २०७५ मंसिर २८ गते ११:४२
तश्वीर साभार: नुवाकोट टाइम्स

नुवाकोट। नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले आफ्नो नवौ बार्षिक साधारण सभामाका अवसरमा जिल्लामा क्रियाशिल चार पत्रकारहरुलाई सम्मानित गरेको छ ।
एक दशक अघि निर्णय भएर पनि पुरस्कार वितरण भने हुने नसकेको नुवाकोटका पुराना पत्रकार स्वर्गिय मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार सहित अन्य तीनमा शुक्रबार चार पत्रकारहरुलाई सम्मानित गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले जनाएको छ । पुरस्कृत हुने पत्रकारहरुमा देवचन्द्र भट्ट, शिब देवकोटा, भोलाराज पौडेल र भगवती लामा छन् ।

Advertisement

भट्टलाई मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार, देवकोटालाई दिर्घ सेवा पत्रकारिता पुरस्कार, पौलेललाई रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कार र लामालाई महिला पत्रकारिता पुरस्कार प्रदान गरिएको जिल्ला अध्उयक्ष कपिलदेव खनालले बताए । सबै पुस्कारको राशी एधार हजार एक सय एघार रुपैयाँ रहेको छ । मोहनविक्रमध्वज जोशी पत्रकारिता पुरस्कारको राशी नुवाकोटबाट सञ्चालन भइरहेको डवली खबर डटकमले र रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कारको राशी नुवाकोट जेसिसले सौजन्य गरेको हो । अध्यक्ष खनालका अनुसार नेपाल पत्रकार महासंघ नुवाकोटले पहिलो पटक पत्रकारहरुलाई पुरस्कार प्रदान गर्न लागेको हो । पुरस्कारलाई हरेक वर्ष निरन्तरता दिने बताइएको छ । नुवाकोटमा हाल एक सय तीन जना महासंघका साधारण सदस्य छन ।

प्रतिक्रिया