दुप्चेश्वर गाउँपालिकाले सुरु ग¥यो उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम

विदुर खबर २०७५ मंसिर २७ गते १३:२२

उपभोक्ता समितिबाट संचालन गरिने योजनाहरुको प्रभावकारी कार्यान्वयनको लागि दुप्चेश्वर गाउँपालिकाले उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम दिन सुरु गरेको छ ।

Advertisement

कार्यक्रमको पहिलो दिन आज शिखरवेशीको बच्छला माध्यामिक विद्यालयमा वडा नम्बर १ र ७ मा सञ्चालन हुने ४० योजनाहरुको उपभोक्ता समितिका पदाधिकारीहरुको सहभमगिता रहेको थियो । अनुशिक्षणमा उपभोक्ता समिति गठनको पक्रिया, आयोजनाको अनुगमन, आयोजनाको सम्झौता गर्दा पुरा गर्नुपर्ने प्रक्रियाहरु, योजना सम्पन्न भइसकेपछि रकम भुक्तानी लिदा पूरा गर्नुपर्ने प्रक्रियाको बारेमा सहभागीहरुलाई जानकारी गराइएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिं तामाङले जानकारी दिनुभएको छ । योजना निर्माणका उपभोक्ता समितिका पदाधिकारीहरु गाउँपालिकाको कार्यालयमा नै आएर सोधबुझ गर्दै निवेदन समेत लेख्ने गरेकोले त्यसलाई न्यूनिकरण गर्न अनुशिक्षण कार्यक्रम दिन थालिएको अध्यक्ष तामाङले बताउनुभएको छ ।

अनुशिक्षणले उपभोक्ता समितिलाई योजना सम्पन्न गर्न झण्झट हुदैन भन्ने विस्वास लिइएको छ । स्थानीय तहको गठन हुनु पूर्व फितलो अनुगमनको कारण गुणस्तरहिन निर्माण सामाग्री प्रयोग, फितलो काम गरेर रकम हिनामिना गरेको खबर बाहिर आइरहेको हुन्थ्यो । स्थानीय सरकारको गठन भए पछि उपप्रमुखको नेतृत्वमा रहेको अनुगमन समितिले योजनाको अनुगमन गर्ने भएकोले निर्माण सामाग्रीदेखि कामको गुणस्तरसम्मको जानकारी सुरु भए देखि अन्त्य नभए सम्म निगरानीमा राखिने हुदा उपभोक्ता समितिलाई काम गर्न उपाध्यक्ष अञ्जु आचार्यले आग्रह गनुृभएको छ । योजनालाई गुणस्तरीय प्रदान गर्न अपनाउनुपर्ने प्रक्रियाको बारेमा इन्जिनियर सागर बराल, सवइन्जिनियरहरु इन्द्र पाण्डे, विष्णु तामाङ जानकारी गराउनुभएको थियो । योजनालाई प्रभावकारी बनाउने तरिकाको बारेमा योजना प्रमुख विष्णु खनाल र योजनाको भुक्तानी प्रक्रियाको बारेमा प्रशासकिय अधिकृत रामहरी गजुरेलले जानकारी दिनुभएको छ । वडामा परेको योजनालाई सफल पार्न उपभोक्ता समितिसँग समन्वय गरिरहने वडा नमबर ७ का वडा अध्यक्ष भेषबहादुर सिटौलाले प्रतिवद्धता जनाउनुभएको छ । उपभोक्ता समिति अनुशिक्षण कार्यक्रमलाइृ निरन्तरता दिने क्रममा भोली शुक्रबार वडा नम्बर ५ र ६ को समुन्द्राटारमा र पर्सि शनिवार वडा नम्बर २, ३र ४ को कौकेश्वरी मावि राउतवेसीमा हुने गाउँपालिकाले जनाएको छ । अनुशिक्षणमा उपभोक्ता समितिको अध्यक्ष, कोषाध्यक्षर सचिवलाई अनिवार्य सहभागी हुन गाउँपालिकाले आग्ह गरेको छ ।

Advertisement

प्रतिक्रिया