मुअब्जाको माग गर्दै नुवाकोटको विदुरमा प्रदर्शन

नुवाकोट नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्म मुअाब्जाको माग गर्दै पिपलटार–ढुङ्गे सडकखण्ड प्रभावित सरोकार समितिले सोमबार सदरमुकाम विदुरमा प्रर्दशन गरेका छन् ।
सरोकार समितिले सडक आयोजनाले क्षतिपुर्ति दिने विषयमा आलटान गरेका कारण विरोध स्वरुप बट्टारदेखि ढ्ङुगेसम्म प्रदर्शन गर्नु परेको जनाएको छ । समितीका संयोजक लिलानाथ न्यौपानेले माग सुनुवाई नभए कडा आन्दोलन गर्ने चेतावनी दिए ।
यो आयोजनमा देखिएको मुद्दालाई नुवाकोटका राजनीतिक दलका नेताहरुले समेत समर्थन गरेका छन् । बट्टारका स्थानीय तथा राजनैतिक दलका नेताहरुले आयोजनाले मुअब्जा नदिए सर्वाेच्च अदालत सम्म जाने चेतावनी दिए ।
यता, आयोजनाले पिपलटारदेखि ढुङ्गेसम्मको सडक विस्तारका क्रममा अधिग्रहण गरिएको जग्गाको मुआब्जा नदिने अनौपचारिक रुपमा बताउने गरेको छ । आयोजनाले विसं २०३४ को राजपत्रमा पासाङल्हामु मार्गको बालाजु–ककनी–त्रिशूली खण्डको सडक सीमा सडकको केन्द्रबाट दायाँबायाँ १५/१५ मिटर तोकिएका कारण मुआब्जा दिन नमिल्ने तर्क गरेको छ ।
पृथ्वी राजमार्गको गल्छीदेखि रसुवागढी नाकासम्मको ८२ किमी सडकमा अहिले गल्छीदेखि मैलुङसम्मको ४६ किलोमिटर सडकखण्डमा स्तरोन्नतिको काम भइरहेको छ । आयोजनाको काम करिव २८ प्रतिशत सम्पन्न भएको ठेकेदारको भनाई छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया